आज बाट रसियामा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको नाममा नेपालमा करोडौंको बाजी सुरु भएको छ।फाईनल, सेमिफाइनल, क्वाटरफाइनलमा मात्रै  हैन विश्वकपका हरेक खेलमा बाजी लगाईएको छ ।गैरकानुनि हो भन्ने थाहा हुदाँ हुदैँ बाजी लगाउने हरु  फुटबल प्रेमी युवा मात्र नभई ठुला व्यापारी, ठेकेदार, दलाल र उधोगपति हरु रहेका छन् ।

खेलको नाऊँमा अनेक सट्टाबाजी गर्ने गैरकानुनि रहेको र त्यस्तो गरेको पाईएमा कारबाही गर्ने गृह प्रशासनको चेतावनी बाबजुद पनि उनीहरु लुकी लुकी सट्टाबाजी गरिरहेका हुन्छन् ।लुकि लुकी सट्टाबाजी गर्ने र हार जित पश्चात लगाएको बाजी रकम तिर्न वा पाउन नसकेपछी त्यसले झैँझगडा निम्त्याऊने गर्दछ ।यस अघिका खेलहरुमा पनि यस्ता घटना नभएका भने हैनन्, सट्टाबाजी लगाउने हरु कारबाहीमा पनि परि सकेका छन् ।हालै सम्पन्न क्रिकेट आईपिएल मा पनि लुकिछिपी बाजी लगाउने हरु प्रशस्त रहेका थिए ।

सट्टाबाजीको रकम ससाना बच्चाबच्ची हरु देखि ठुला उमेरका मानिसहरु सम्म रहेको पाईन्छ। ससाना बच्चाहरुको उमेर समूहमा गएर विश्वकपको कुरा चलेको सुन्दा, ल आईजा ५/५, १०/१० देखि १०० हुदैँ १०००/१००० सम्मका बाजी थापेको पाईन्छ, तर सामान्य रुपमा केटाकेटिले लगाएका यी बाजी ठुला लाखौका बाजीहरुबाट प्रभावित रहेका हुन्छन् ।

सट्टाबाजीकै क्रममा कतिले त आफ्ना सामान, घर, घडेरी, साधन सम्म पनि बाजी लगाउन भ्याएका हुन्छन् ।कडा प्रशासनिक नियमले गर्दा सट्टाबाजी खुलेर गरेको भने पाईएको छैन ।एक व्यक्ति एउटा समूहको र अर्को व्यक्ति अर्को समूहको समर्थक रहने र खेलका क्रममा आफुले समर्थन गरेको टिमले राम्रो प्रदशन गर्न नसक्दा सामन्य देखि ठुला झगडा गरेका घटना पनि यसअघि नपाईएका हैनन् । यिनै घटना हरुलाई रोक्न हरेक जिल्ला प्रशासनले सार्वजनिक स्थानमा खेल प्रदशन, चर्को भिडभाड जस्ता कार्यमा रोक लगाएका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter