पोखरा, १ असार /पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् ।

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना भएको हो । मेयर जिसीले झुकिएर डोजरको लिभर दवाउदा डोजरको वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलमा खस्न पुगेका थिए ।

पोखरालेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने पोखरा महानगरको योजना छ । पैदलमार्ग वनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।

मेयरले फुटट्रयाकको सुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा ५ जना फिर्केखोलामा खसे

सामाजिक सन्जाल फेसबुकमा पोखरा लेखनाथ महानगरपालिका मेयरलाई अंकित गरी लेखिएको स्टाटस र कमेन्टहरु  

मेयर साव लाइसेन्स छ ? के मेयरसावलाई अव कारवाही हुन्छ त ? मेयर सापसग लाईसेन छ कि छैन टाफिकले अनुसन्धान गरियाेस र छैन भने कारवाही गन टाफिक पछाडि नहटाेस नियम भनेकाे सबैलाई बराबर हाेस  

वाह गजब छ कार्यक्रम उद्घाटन को तरिका। पत्रकार र जनता कतै गए पनि सुरक्षित छैनन््

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन

Powered by © nepali date converter

Twitter