पर्वत, असार ३ गते /प्रगतिशील लेखक सङ्घ, पर्वतको संयोजनमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, पर्वतले पर्वतका शिक्षकहरुका लागि आयोजना गरेको प्रगतिशील कविता प्रतियोगितामा वाई. पी. जोशी प्रथम हुनुभएको छ ।

कालीगण्डकी एकेडेमीका शिक्षक जोशीको ‘कस्तो ईश्वर खोज्दछौ’ शीर्षकको कविता अन्य २७ कवितालाई पछि पार्दै प्रथम भएको हो । यस्तै, नारायण माविका गोविन्द ढकालको ‘झुपडीको आत्मकथा’, नवजागृत माविका दिनेश शर्माको ‘नाजवाफ सवालहरु’ र अन्नपूर्ण माविका राजु विकको ‘आमाको पुकार’ कविता व्रmमशः दोस्रो, तेस्रो र सान्त्वना भएको प्रतियोगितामा जनता आधारभूत विद्यालयकी गीता अधिकारी उत्कृष्ट वाचकका रुपमा पुरस्कृत हुनुभएको थियो ।

प्रतियोगितामा पुरस्कृत कविहरुलाई प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ४ का संयोजक डा. कृष्णराज अधिकारीले नगदसहितको पुरस्कार वितरण गर्नुभएको थियो । अधिकारीले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजसेवाको एउटा गतिलो माध्यम भएको धारणा राख्नुभयो । साहित्यमा समाजको प्रतिबिम्ब आउने भन्दै अधिकारीले समाज वर्गीय हुने र त्यही समाजको प्रतिबिम्ब देखिने साहित्य स्वाभाविक रुपमै वर्गीय हुने बताउनुभयो । पर्वतमा शिक्षकहरुका लागि भएको कविता प्रतियोगिता विशिष्ट खालको कार्यव्रmम भएको धारणा राख्दै गण्डकी साहित्य सङ्गमका अध्यक्षसमेत रहनुभएका अधिकारीले यसले शिक्षकहरुको सिर्जनशीलताले कक्षाकोठाका व्रिmयाकलापलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतका अध्यक्ष चिरन्जीवी अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने र वडा नं. ११ का वडा अध्यक्ष शिव पौडेलले आगामी बजेटमा कला, साहित्यका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रलेस पर्वतका अध्यक्ष अर्जनु निर्जनले शिक्षकहरुको सिर्जनशीलता परीक्षण र वृद्धि गर्ने उद्देश्यले कार्यव्रmम आयोजना गरिएको बताउनुभएको कार्यव्रmममा साहित्यकार इन्द्रकुमार विकल्प, शान्तिनारायण श्रेष्ठ, डी. आर. शर्मा, नेकपाका नेता भक्त कुँवर, गोविन्द पहाडी, ¥याण्डम रिडर्स सोसाइटी अफ पर्वतका अध्यक्ष लेखनाथ शर्मा, शिक्षक पृथ्वीनारायण शर्मा, प्रलेस म्याग्दीका अध्यक्ष भक्त कार्की, शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख उदिमराज पौडेललगायतले पर्वतमा भएको कविता प्रतियोगिताले विशिष्ट महत्त्व राख्ने धारणा राख्नुभयो ।

प्रलेस पर्वतका सचिव किशोर मनस्वीको सञ्चालनमा भएको प्रतियोगिताका निर्णायकहरुमा कवि अल्पज्ञानी, सुरज उपाध्याय र रुपिन्द्र प्रभावी रहुनभएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter