जेठ, ३ असार /नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाकाे प्रतिनिधीत्व नगरी निर्वाचन अायाेगले  दल दर्ता गरेकोमा सर्वोच्च अदालतले पार्टीको दर्ताकाे विषयमा आयोगसँग कारण देखाउ अादेश जारी गरेकाे छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले ३३ प्रतिशत महिला नराखी दल दर्ता गरेकोमा पार्टी बदर किन नगर्ने भनी निर्वाचन आयोगसँग कारण माग गरेकाे हाे ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीसहित १४ जनाले ३३ प्रतिशत महिला प्रतिनिधित्वविनै नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगले मान्यता दिई दर्ता गरेपछि पार्टी बदर गर्न माग गर्दै  रिट दायर गरेका थिए ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगले जेठ २३ गते दर्ता भएको प्रमाणपत्र दिएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter