काठमाडौं, असार ७ —नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, टिुवटरको अनुगमन गर्ने भएको छ ।नागरिक दैनिकका अनुसार प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ ।

विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसन्धान गर्ने गरेको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो । विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको । आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter