लुइस सुवारेजको एक गोलको मद्दतमा उरुग्वे विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ । उरुग्वे र साउदी अरेबियाबीच भएको खेल सकिने बितिक्कै समूह ए बाट नकआउट चरण प्रवेश गर्ने दुवै टीमको टुंगो लागेको छ ।

उक्त समूहबाट आयोजक रुस र उरुग्वे नकआउट चरण प्रवेश गरेका हुन् । बुधबार राति भएको खेलमा रुसले इजिप्टलाई पराजित गरेको भएपनि उसको नकआउट चरण प्रवेश गर्ने निर्धारण बुधबारको उरुग्वे र साउदी अरेबियाबीचको खेलमा भर परेको थियो ।
बुधबार भएको दोस्रो खेलमा उरुग्वेका लुइस सुवारेजले २३ औँ मिनेटमा गोल गरे। साउदी अरबको तर्फबाट भने एक गोल पनि भएन। साउदी अरेबियाले यो विश्वकपमा अहिलेसम्म दुई खेल खेलेको छ र एक गोल पनि गर्न सकेको छैन। उसले पहिलो खेलमा आयोजक रुसबाट पाँच गोल खाएको थियो। लुइस सुवारेजले कार्लोस सान्चेजले दिएको कर्नरमा गोल गरेका थिए। उरुग्वेका लागि सुवारेजको १००औँ खेलमा ५२ औँ गोल हो ।


यसैबिच स्पेनले पहिलो जीत हासिल गरेको छ । स्पेनले बुधबारको तेस्रो खेलमा इरानलाई संघर्षपूर्ण खेलमा पराजित गरेको हो । स्पेनले १–० को नतिजासहित इरानलाई पराजित गरेको हो। स्पेनलाई जीत दिलाउन डिएगो कोस्टाले ५४औँ मिनेटमा गोल गरेका थिए। उनको यो गोल नै खेलको निर्णायक गोल बन्यो ।

उनी खेलको म्यान अफ द म्याच बनेका थिए। यो जीतसँगै स्पेनले नकआउट चरणको सम्भावना कायमै राखेको छ। स्पेनले विश्वकप २०१८ को पहिलो खेलमा पोर्चुगलसँग ३(३ को बराबरी खेलेको थियो । इरानले भने पहिलो खेलमा मोरक्कोलाई पराजित गरेको थियो। स्पेन जीतसँगै समूह बी को शीर्ष स्थानमा उक्लिएको छ ।


समान अंक भएको पोर्चुगल भने दोस्रो नम्बरमा रहेको छ। एक खेल जितेको इरान तेस्रो नम्बरमा रहेको छ भने दुवै खेल गुमाएको मोरक्को अंकबिहीन रहँदै समूहको पुछारमा रहेको छ। स्पेनले समूहको अन्तिम खेल असार ११ गते मोरक्कोसँग खेल्नेछ भने पोर्चुगलले सोही दिन इरानसँग खेल्ने खेलतालिका रहेको छ ।

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले मोरक्को विरुद्ध जीत हासिल गरेको छ । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भ ए। खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो अविजित यात्रा कायम राखेको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter