भक्तपुर । कक्षा १० को एसइइ परीक्षामा दुई विषय सम्म कम ग्रेड ल्याउने विद्यार्थीहरुले ग्रेड वृद्धिको मौका पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ  ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका छन्  त्यस्ता विषयमध्ये निजले चाहेका २ विषयमा ग्रेड वृद्धिका लागि पूरक परीक्षा दिन पाउने जनाएको छ ।

पूरक (ग्रेडवृद्धि) परीक्षा यही साउन २३ गते बुधबार बिहान ८ बजेबाट सञ्चालन गरिने समेत पनिकाले जनाएको छ । यस्तै, आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले प्रतिविषय पाँचसय  तिरेर  पुनर्योग गराउन सक्ने जनाइएको छ ।

यसका लागि पाँचसय  र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय वा शिक्षा विकास तथा समन्वय इकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिनुपर्ने पनिकाले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter