असार १२, पोखरा/ वर्डप्रेस सम्बन्धि बृहत सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१८’ पहिलोपटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको कार्यक्रम हो । नेपालमा सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकास कर्ताहरुको समूह वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलो पटक आयोजना भई प्रत्येक वर्ष वर्डक्याम्प काठमाण्डौं आयोजना हुँदै आएको छ भने राजधानी बाहिर वर्डप्रेस पोखराले पर्यटकिय शहर पोखरामा पहिलो पटक कार्यक्रम गर्न लागेको हो ।

इन्टरनेटको दुनियामा विश्वमा निर्माण हुने वेवसाइटहरुको ३० प्रतिशत भन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइनेएक सर्वेक्षणमा उल्लेखछ । त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशत भन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको उल्लेख छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला समाचारमूलक वेवसाइट, इकमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रचलितछ ।

नेपालमा वर्डप्रेसमा मात्र काम गर्ने आइ टि कम्पनीहरु सयौंको संख्यामा रहेको र सयौंको संख्यामा फ्रिल्यान्सरहरु रहेका छन् । नेपालका वर्डप्रेस विकासकर्ताहरुले बनाएका वर्डप्रेस सम्बन्धि विभिन्न उत्पादनहरुलेविश्व बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ ।

यो कार्यक्रमबाटवर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचना प्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्ध्यार्थीहरु, अनलाइन समाचारमूलक वेवसाइट संचालन गर्नेहरु, पर्यटन क्षेत्र, हरेक व्यक्ति तथा व्यवसायिक संस्थाहरुले कार्यक्रमबाट लाभ लिन सकिने बताइएको छ । साथै वर्डप्रेसमा लामो समयदेखि कार्य गरि ख्यातिप्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गर्न सकिने बताइएको छ ।

कार्यक्रममा ४०० जना भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । हाल १ सय ५० जना भन्दा बढीले नाम दर्ता गराइसकेका छन् । वर्डक्याम्प पोखराका मुख्य आयोजक पितमबहादुर सेनका अनुसार कार्यक्रममा सहभागि हुन चाहने पहिलो २०० टिकट विशेष छुटमा प्रतिव्यक्ति १ हजारको दरले उपलब्ध गराउने छ र बाँकी टिकटको लागि प्रतिव्यक्ति १ हजार ५ सय लाग्ने जनाइएको छ । साथैकार्यक्रमको वेवसाइट जततउकस्ररद्दण्ज्ञड।उयपजबचब।धयचमअबmउ।यचन मा गएर नाम दर्ता गर्न सकिने बताएका छन् ।

वर्डप्रेस समुदायमा आधारित भएको हुनालेविश्वका विभिन्न देशका वर्डप्रेस प्रयोगकर्ताहरुको समेत उल्लेख्य सहभागिता रहने सेनले जानकारी दिए ।

वर्डप्रेस निशुल्करुपमा पाइनेबहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग वर्तमान समयमा दिन दुई गुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter