पोखरा, २१ असार / पोखाराको लेकसाईड बाट चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ । गत आईतबार बिहान ४ बजेको समय वरपर लेकसाईड खहरे स्थित एक होटलमा छोरी भयो । आईप्याड एअर र एऊटा एच.टि.सि मोबाईल चोरी भएपछी होटल संचालकले आफ्नो होटलको पछाडी पट्टीको सिसि क्यामेराको फुटेज छेक गरे । सिसि टिभी फुटेजमा एक मंगोलियन अनुहार भएको जस्तो अर्धवैशे पुरुष मास्क लगाएर चोरेको स्पस्ट देखिन्छ । त्यस पछी त्यहि सिसि टिभी फुटेज सहित प्रहरीकोमा होटल संचालकले उजुरी दिन्छन् ।

करिब १ बजे उजुरी दिएपछी साँझ ७ बजे वडा प्रहरी कार्यालय बैदामको टोलि छोरी भएको होटलमा पुग्छ र मुचुल्का उठाउँछ र प्रहरी टोलि फर्किन्छ । त्यसैको भोलिपल्ट वडा प्रहरी कार्यालय बैदाम देखि हराएको सामान धनि र होटल संचालकलाई फोन आऊँछ र तपाइको हराएको समान जस्तै सामान भेटिएको छ, हो कि नाइँ हेर्न आउनुहोस् प्रहरीले भन्छ । सामान धनि र होटल संचालक प्रहरी कहाँ पुग्दा सोहि सामान आफ्नो हराएको सामान रहेको पुस्टि गर्छन् र प्रहरीले पछी सम्पर्क गरेर सामान दिने भनि फिर्ता पठाउछ । यता सामानधनि र होटल  संचालक खुशी भएर मख्ख पर्दै र प्रहरीको एक रात नबित्दैको सफलता प्रति गर्व गर्दै फर्किन्छन् ।

त्यसैको चार दिन पछी कास्की प्रहरीले चोरीमा संलग्न दुई युवालाई चोरी गरिएको सामानसहित बुधबार सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न ठाउँमा चोरी भएको घटनाको सिसिटिभी फुटेज तथा मोबाइल एवं ल्यापटप बनाउने पसलमा प्रहरीले समन्वय गरी चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राऊ पर्ने चोरहरुले पोखराको लेकसाइड क्षेत्रमा विभिन्न होटलबाट चोरी गर्ने गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।  भन्डै एक महिनाअघिदेखी चोरी गर्दै आएका दुईजनालाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्राय लेकसाईड र पोखरा लेखनाथ महानगरपालिका बिभिन्न स्थानहरुमा चोरी गर्दै आएका बाग्लुङ ढोरपाटन -९ स्थाई घर भई हाल पोखरा -७ मासबार बस्ने ४१ बर्षिय जिवन भनिने डोर बहादुर बुढा र धादिङको सेरतुङ घर भई पोखरा -३१ डेरा गरी बस्ने ४२ बर्षिय प्रेम तामाङलाई  पक्राउ गरेको डिएसपी कार्कीले जानकारी दिए । चोरीका घटनाको सिटिटिभि फुटेज तथा मोबाईल तथा ल्यापट बनाउने पसल संचालक संग समन्यव गरी अनुसन्धान पश्चात उनीहरुलाई पक्राउ गरिएको कार्कीले बताए । सिटिटिभि फुटेजबाट लेकसाइडका ५ वटा होटलमा उनिहरुले चोरी गरेको पुष्टी भएको र थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

यसैबीच चोरी कार्यमा संलग्न डोर बहादुर बुढाको बैंक खातामा नगद रु १८ लाख जम्मा गरेको भेटिएको छ । बुढाको साथमा भेटिएको कृषि बिकास बैंकको बैंक जम्मा भौचरको आधारमा अनुसन्धान गर्दा १५/२० दिनको फरकमा एक डेढलाख गरि १८ लाख जम्मा गरेको पाइएको डिएसपी कार्कीले बताए । पक्राउ पर्नेहरुको साथबाट ठुलो मात्रामा, मोबाइल, ट्याब, ल्यापटप, क्यामेरा, कम्पुटर उपकरणहरु, सुनको औठी, टप, लकेट, झोला, १ लाख बढी नगद , बैंक भौचर तथा चोरी गर्न प्रयोग गरिने सामाग्रीहरु नियन्त्रणमा लिइएको डिएसपी कार्कीले जानकारी दिए ।

 

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter