असार १९, काठमाडौं । बलियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो ।

पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो  तर पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो ।

ब्राजिलको जितमा स्टार खेलाडी नेइमार नायक बने । उनले ५१ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस्तै निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट रोबर्टो फर्मिनोले गोल गरे ।

नेइमारले विलियनको क्रसमा गोलपोस्ट नजिकैबाट बललाई जाली चुमाए । नेइमारको गोल ब्राजिलले विश्वकपमा गरेको २२७ औं गोल हो । जुन अहिलेसम्मै धेरै हो । यसअघि विश्वकपमा धेरै गोल गर्ने देश जर्मनी रहेकोमा उसलाई पछि पार्दै ब्राजिलले कीर्तिमान राखेको हो ।

ब्राजिलले क्वार्टर फाइनलमा वेल्जियम र जापानबीच सोमबार राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter