दमक / झापाको दमक-२ निवासी बाल गायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले केही दिनयता दर्जीको विषयमा उत्पन्न विवाद टुंग्याएको हो ।बाल गायक दर्जीलाई उनका बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेको छ । छलफलमा तीन बुँदे सहमति जुटेको छ । यसअघि अशोक दीपक न्यौपाने प्रिन्सिपल रहेको मोरङको उर्लाबारस्थित बेथल बोर्डिङ स्कुलमा अध्ययनरत तथा उक्त स्कुलकै होस्टेलमा बस्दै आएका थिए ।

न्यौपानेले अशोकसँगै उनका दिदीबहिनीहरु सीता र मुस्कान दर्जीलाई पनि नि:शूल्क पढाउँदै आएका थिए । बुधबारको सहमतिअनुसार अब तीनै जना बालबालिकाको पढाईलगायत व्यवस्थापन उनीहरुका बुबा पूर्ण दर्जीले नै गर्ने उल्लेख छ । सहमतिअनुसार संगीतकार टंक बुढाथोकी र बेथल स्कुलका प्रिन्सिपल दीपक न्यौपानेबीच भएको असहमति र विवादलाई दुवै पक्षको समझदारीबाट समाधान गरिएको तथा अशोकको घर निर्माण आर्थिक समितिमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई मनोनयन गर्ने सहमति भएको छ ।

यसअघि मंगलबार प्रिन्सिपल न्यौपानेले दमक-२ को वडा कार्यालयमा संगीतकार बुढाथोकीले बाल गायक अशोकलाई बेपत्ता बनाएको भन्दै लिखित निवेदन दिएका थिए । लिखित निवेदन परेकाले उक्त निवेदनका आधारमा बुधबार न्यायिक समितिमा छलफल चलाएर अशोकको विषयमा उत्पन्न विवादमा सहमति जुटाएको नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक गीता अधिकारीले बताइन् ।

न्यौपानेले अशोकलाई बेपत्ता बनाएको लिखित आरोप लगाएपछि संगीतकार बुढाथोकी मंगलबार साँझ नै अशोकको बुबासहित इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । बुढाथोकीले इप्रकामा अशोकलाई आफूले बेपत्ता नबनाएको जानकारी गराएका थिए ।

बाल गायक अशोक दर्जीको विषयमा झापाको दमक नगरपालिकामा बुधबार भएको छलफलमा जुटेको सहमतिका बुँदाहरु

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter