यस शताब्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण शुक्रवार देखियो । बिहान एक बजेर १५ मिनेटदेखि चन्द्रमाको छायाँले पृथ्वीलार्इ पुरै ढाक्यो । यो स्थिति १ घण्टा ४३ मिनेट अर्थात् २ बजेर ५८ मिनेटसम्म रहिरह्यो । यसबीच एक घण्टा ४३ मिनेटसम्म त पूर्ण चन्द्रग्रहण रह्यो अर्थात् चन्द्ररमा बिल्कुल देखिए । साव २ बजेको समयमा केही बेरका लागि चन्द्रमा पुरै रातो भयो

यसलार्इ ‘ब्लड मुन’ पनि भनिन्छ । शनिवार सबैरै बिहान ४ बजेर ४ मिनेटमा जब सूर्यर चन्द्रमाबीचबाट पृथ्वी हट्यो तब चन्द्रमाबाट ग्रहण पनि हट्यो । यस खगोलीय घटनालार्इ नेपाल र भारतसहित धेरै देशबाट देखियो । खगोल वैज्ञानिकका अनुसार जुलार्इ २७ मा चन्द्रमा आफ्नो कक्षामा पृथ्वी भन्दा सबैभन्दा धेरै दुरीमा रह्यो । यस स्थितिलार्इ लुनर एपोजी भनिन्छ । पृथ्वी र चन्द्रमाबीच धेरै दूरी रहेकाले ग्रहणको समय सन् १९१४ पछि सबैभन्दा धेरै ३  घण्टा ५५ मिनेट रह्यो। यस साल ३१ जनवरीमा पनि पूर्ण चन्द्रग्रहण लागेको थियो  ।

त्यो बेला यसको अवधि १ घण्टा ४० मिनेट थियो । ४ अप्रिल २०१५ मा शताब्दीकै सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो । यसको ग्रहण काल केबल ४ मिनेट ४८ सेकेन्ड थियो। अब ३१ डिसेम्बर २०२८ मा अघिल्दो पूर्ण चन्द्रग्रहण लाग्नेछ । सन् २०१९ मा दुर्इ सूर्य र एक चन्द्रग्रहण लाग्नेछ ।

कसरी लाग्छ चन्द्रग्रहण ?
जब सूर्य र चन्द्रमाबीचमा पृथ्वी यसरी आउँछ कि पृथ्वीको छायाबाट चन्द्रमा पूर्णरूपमा या आंशिक रूपमा ढाकिदिन्छ । यस्तो स्थितिमा पृथ्वी सूर्यको किरणलार्इ चन्द्रमासम्म पुग्न दिँदैन । जसका कारण पृथ्वीको केही भागमा चन्द्रग्रहण देख्न सकिन्छ । कहाँ कहाँ देखियो ? युरोप, एसियाका धेरै देशहरू अस्ट्रेलिया, दक्षिण अफ्रिका र आसपासका देश, उत्तरी अमेरिका, प्रशान्त क्षेत्र, एटलान्टिक, भारतीय महासागर र एटार्कटिकामा देखियो ।

चार दिनपछि अर्को खगोलीय घटना
३१ जुलाईमा मंगल ग्रह पृथ्वी नजिक देखिँदैछ । त्यो बेला दुवै ग्रहबीचको दुरी ५.७६ करोड किलोमिटर हुनेछ । यस क्रममा  रातो ग्रह दुर्इ गुणा ठुलो देखिनेछ । दुवै ग्रह १५ वर्ष पहिले सन् २००३ मा यति नजिक देखिएका थिए । त्यो बेला यिनको दुरी ५.५७ किलोमिटर थियो । यसपछि यो दृश्य ६ अक्टोबर २०२० मा देखिनेछ । त्यो बेला यी ग्रहको दुरी ६.१७६ करोड किलोमिटर हुनेछ ।

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter