काठमाडौं, साउन १७ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटन सेलाउन नपाउदै फेरी अर्को बालिकाको बलात्कारको घटना सामुन्ने आएको छ । तेह्रथुममा दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु प्रहरीले पक्राउ गरेको छ ।

साउन ५ गते नै गोठालो गएकी बालिकालाई लिम्बुले करणी गरे पनि घटना बारे साउन ११ गते मात्र खुलासा भएको हो । घटनाबारे बालिकाले कसैलाई पनि थाहा नदिएपछि साउन ११ गतेसम्म घटना गुपचुप भएको थियो । घटनालाई गाउँमै मिलाउन प्रयत्न भैरहेको थाहा पाएपछि स्थानीय अधिकारकर्मीहरुको अगुवाईमा प्रहरीमा जाहेरी दिइएको थियो ।

घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय संक्रान्ति बजारको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले बताउनुभयो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter