काठमाडौं,साउन १७-  कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन छलफलका लागि आज विहान  बैठक डाकेको छ । बैठक सकिए पछि नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै हिजो सार्वजनिक गर्ने गयारी गरेको नतिजा आज सार्वजनिक गर्न लागेको हो । परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।

बोर्ड स्रोतका अनुसार परीक्षा नियन्त्रकले मंगलबार नै नतिजाको लागि सम्पूर्ण काम सकिएको जानकारी बोर्ड अध्यक्षलाई गराइसकेका थिए ।बोर्डका केही सदस्य बुधबारको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि नतिजा आजका लागि सारिएको स्रोतले बतायो । स्रोतले भन्यो, काम मंगलबारै सकिएको छ। बोर्डका पदाधिकारी बसेर डेमो भइसक्यो अब गर्न बाँकी केही छैन । खै किन हो नतिजा सार्वजनिक गर्न ढिला गरियो ।यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter