पोखरा

हामीले दैनिक प्रयोग गर्ने इन्टरनेट, मोबाईल, कम्प्युटर आदि लगायतका नेटवर्किङ उपकरणहरुमा आईपर्ने समस्या तथा यिनै माध्यामहरुबाट हुने अपराधीक घटनाहरु बाट बच्ने उद्देश्यका साथ आज पोखरामा साईबर सेक्युरिटी सचेतना तालिम सम्पन्न भएको छ ! रोटर्याक्ट क्लब अफ पोखराको आयोजनामा पोखरा पार्दी बिरौटा स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न तालिममा ११३ जनाको सहभागिता रहेको थियो !  रोटर्याक्ट क्लब अफ पोखराका अध्यक्ष सुदिप गुरुङको अध्यक्षता सम्पन्न तालिममा तालिमका प्रायोजक राम चन्द्र अधिकारिले कार्यक्रम माथि प्रकाश पार्दै हामिले जानेर वा नजानेर दैनिक साइबर सम्बन्धि बिभिन् समस्या भोग्दै आएका छौ र जसले गर्दा आत्महत्या, हत्या जस्ता बिभिन्न अपराधिक घटना हरु घट्ने गरेका छन्, तिनै समस्या हरुबाट बच्न यस तालिमले सहयोग गर्ने हुदाँ तालिमको आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए !


तालिमका मुख्य प्रशिक्षक साइबर सेक्युरिटी अवेरनेस नेपाल का संयोजक गिरिजा सुवेदीले तालिम प्रदान गर्दै ह्याकिंग, सफ्टवेयर पाइरेसी , इमेलमार्फत हरास्मेन्ट, साईबर पोर्नोग्राफी, मोर्फिंग( फोटो एडिटिंग), फिसिंग( नक्कली कम्पनि बनाएर अरुको आर्थिक खातामा जालसाजी), इम्पोस्टर(अरुको नक्कल), व्यक्तिगत तथा संस्थागत जानकारी चोरी), सलामी आक्रमण जस्ता  साइबर अपराधहरु हुने गरेकाले यी कुराहरु बाट बच्ने उपायहरु सिकाएका थिए भने तालिममा सहायक प्रशिक्षकको भूमिकामा साइबर सेक्युरिटी अवेरनेस नेपालका सदस्य कमल पण्डित रहेका थिए ! कार्यक्रमको संचालन रोटर्याक्ट क्लब अफ पोखराका सचिव विश्वदर्शन पराजुलीले गरेका थिए भने धन्यवाद मन्तव्य रोटर्याक्ट क्लब अफ पोखराका सम्पादक प्रवेश गौतमले राखेका थिए !
तालिम पश्चात कार्यक्रमको समिक्षा सहभागीहरुका तर्फ बाट विकल्प ढुंगाना र सुचित्रा चिण्डालले आफ्नो भनाई राखेका थिए ! कार्यक्रममा रोटर्याक्ट नेपालका सचिव प्रदिप धिताल, लिडरशिप ट्रेनर सन्जिब पौडेल, जोन ४ का अध्यक्ष दिपेन्द्र घिमिरे, रोटर्याक्ट क्लब अफ पोखराका पुर्व अध्यक्ष सोभाकान्त सिग्देल लगायतको उपस्थिति रहेको थियो !

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter