एजेन्सी –  भारतको गुजरात राज्यको वडोदरामा भने पानीपुरीमाथि प्रतिबन्ध लगाइएको छ । त्यहाँको जिल्ला प्रशासनले चटपटे र मसालायुक्त पानीपुरीमा प्रतिबन्ध लगाएको हो ।
पानीपुरीलाई गोलगप्पे, टिकिया र पुच्काका नामले चिनिने यसलार्इ बनाउन प्रयोग गरिने अखाद्य सामाग्रीका कारण रोग फैलिन सक्ने भन्दै त्यहाँको प्रशासनले यसको विक्रीवितरणमा रोक लगाएको हो ।

गत विहीबारदेखि सुरू गरिएको प्रतिबन्धपछि वडोदरा नगरपालिका कर्पोरेसनका अधिकारीले पानीपुरी बेच्नेहरुले लगाएको स्टल हटाएर खाद्य सामग्रीलाई नष्ट गरिदिएका छन् । महानगरपालिकाका मेडिकल डिभिजनले शहरको वारसिया, खोडियारनगर र नवायार्ड समेत करिब स्थानमा यो कारबाही चलाएको छ । यस क्रममा ठूलो मात्रामा मैदाको सानो रोटी, आलू, तेल र यसलाई बनाउन प्रयोग गरिने सामान नष्ट गरिएको छ ।

अधिकारीका अनुसार पानीपुरी बनाउन रेडिमेड सामान बनाउने कयौँ स्थान रहेका छन् जहाँबाट यि सामाग्री किनेर सर्वसाधरणलाई बेचिन्छ । पानीपुरीका सामान बनाउन कमसल तेलसँगै सडेको आँटा–मैदाको उपयोग गरिने गरेको पाइएको छ । यसका अलावा जहाँ पानीपुरीको सामान तयार गरिन्छ त्यहाँ धेरै फोहोर भेटिएको छ। स्वास्थ्य अधिकारीलाई उधृद गर्दै लेखिएका समाचार अनुसार मनसुन चलेका बेला यस्ता खानेकुराले मानिस बिरामी हुने जोखिम अत्याधिक हुन्छ । पानीपुरी र चटपटेका कारणले केही मानिसमा जन्डिस भएका घटना पनि सार्वजनिक भएका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter