काठमाडौं,साउन २४– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले पूर्व माओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडाको भवनलाई भने जनवर्गीय संगठनहरुको कार्यालय बनाउने निर्णय गरेको हो। धुम्बाराही कार्यालय एकताअघि नेकपा एमालेको केन्द्रीय कार्यालय थियो।

गत जेठ ३ गते एमाले र माओवादीबीच एकता भएपछि दुवै कार्यालय समान रुपमा प्रयोग हुँदै आएको थियो। सचिवालय बैठकमा जिल्ला र प्रदेशमा पार्टी एकिरकरण भाद्र ५ सम्म टुङ्ग्याउन दिइएको सकुर्लरका विषयमा पनि छलफल भएको थियो।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter