काठमाडौ,साउन २४ –  विशेष अदालतले सम्पति शुद्धिकरण मुद्दामा गणेश लामालाई एक वर्ष कैद र एक करोड ४० लाख जफत गर्ने आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै अदालतले एक वर्ष कैद र एक करोड विगो जफत गर्ने फैसला गरेको हो।

गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पती जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी ,न्यायाधीशद्धय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई कैदको फैसला सुनाएको हो।

लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थिए। सो पार्टी हाल नेपाली कांग्रेसमा विलय भइसकेकोले लामा पनि हाल कांग्रेसकै नेता हुन्। लामा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अहिले जेलमा नै छन्।

सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते बस्नेतसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो। ती मध्ये लामाबाहेक सबैले सफाइ पाइसकेका छन्। हाल उनी हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन्।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter