कार्तिक-१७, पोखरा

देशभर रगतको कमि भईरहेको भनि नेपाल रेडक्रस सोसाईटीले रक्तदान गर्न आब्हान गरेकै समयमा देशभरि रक्तदान कार्यक्रम हुन गईरहेको छ ! रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल- भुटानको आयोजनामा यहि कार्तिक २५ गते शनिबारका दिन देशभरि रक्तदान कार्यक्रम हुन गईरहेको छ !  रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल- भुटानद्वारा बर्षेनी हुने यस सचिन मेमोरियल नेसनवाईड रक्तदान कार्यक्रम पोखरामा पनि हुने जानाकारी  रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन ४ का जेड.आर.आर दिपेन्द्र घिमिरेले  दिएका छन् !
रोटर्याक्ट क्लब अफ पोखराको व्यस्थापनमा  रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल- भुटान अन्तर्गत जोन ४ का सम्पूर्ण १२ वटा  रोटर्याक्ट क्लबहरुको सक्रियतामा उक्त   कार्यक्रम हुने निर्णय  रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल- भुटान जोन ४को आज सम्पन्न बैठकले निर्णय गरेको कुरा रोटर्याक्ट क्लब अफ पोखरा फिस्टेलकि अध्यक्ष अमृता पौडेलले जानकारी दिईन् !

रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल- भुटानका डिस्ट्रिक्ट लिडरशिप ट्रेनर तथा जोन ४का पुर्व जेड.आर.आर सन्जिब पौडेलले रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल- भुटानले बर्षेनी गर्दै आईरहेको यस  रक्तदान कार्यक्रम देशभर   रगत अभाब भईरहेको अवस्थामा झनै प्रभावकारी हुने  हुदाँ सम्पूर्णलाई यस कार्यक्रममा सहभागी हुन आब्हान गरेका छन् !
रक्तदान कार्यक्रमको मिति तोकियता पनि कार्यक्रम स्थल र  समय नतोकिएको  बिषयमा प्रस्ट पार्ने अनुरोधमा रोटर्याक्ट क्लब अफ पोखराका अध्यक्ष सुदिप गुरुङले कार्यक्रम कार्तिक २५ गते शनिबारका दिन बिहान आठ बजे पोखरामै हुने  तर स्थान भने  ट्राफिक कार्यालय, ब्लड बैंक लगायत निकाय हरुसंग सल्लाह गरेर जानकारी दिने बताए  ! रक्तदान गर्न इच्छुक रक्तदाताहरुले निम्न व्यक्तिहरुलाई  सम्पर्क गरेर  रक्तदान बारे जानकारी लिन सक्ने पनि गुरुङले बताएका छन् !
दिपेन्द्र घिमिरे : ९८५७६२२५०६
रोटर्याक्ट क्लब अफ पोखरा : ९८०१३५४२४०
सुदिप गुरुङ : ९८१५११९८९०
विश्वदर्शन पराजुली : ९८५६०५६०९८

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter