पोखरा, कार्तिक-९

पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ तल्लो चुरुङ्गामा  छठ पर्वको पावन अवसरमा निःशुल्क आँखा शिविर बिहीबार सम्पन्न गरेको छ । हिमालय आँखा अस्पताल घारिपाटन पोखराको ५ जनाको आँखा रोग विशेषज्ञको टोलीको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा २२१ जना सर्बसाधरणले स्वाथ्य लाभ लिएको आयोजक चुरुङ्गा युवा क्लबका संस्थापक सचिब प्रवेश गौतमले बताए ।

कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै डा. भोजराज गौतमले आँखा मानब शरीरको निकै नै सम्वेदनशील इन्द्रिय भएकाले यसको सुरक्षालाई बिशेष ध्यान दिनु पर्ने कुरामा जोड़ दिएका थिए । क्लबका अध्यक्ष आनन्द श्रेष्ठको सभपतित्वमा सम्पन्न उक्त कार्यक्रमको समुउद्धघाटन ज्येष्ठ नागरिक गौरी गौतमको आँखा जाँच गरी गरिएको थियो भने कार्यक्रमको संचालन सचिब ई. रबिन्द्र गौतमले गरेका थिए ।

कार्यक्रमको समापन सत्रमा आर्थिक सहयोग प्रदान गर्ने वडा कार्यालय, पोखरा लेखनाथ- १९, प्रो. छबिलाल गौतम शिला फेन्सी स्टोर्स एबं प्रो. नारायण बाँसतोला कौरेली  स: मिललाई मायाको चिनो हस्तांतरण गर्दै अध्यक्ष श्रेष्ठले कार्यकम सफल पार्नुहुने सम्पूर्ण सहयोगी मनलाई धन्याबाद ज्ञापन गरेका थिए । स्मरण रहोस : गत बर्ष चाडको समयमा हुने चरम रक्त अभाबलाई मध्य नजर गरी खुल्ला रक्तदान कार्यक्रम गरेको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter