पोखरा, २४ कार्तिक


रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ कमिटिको आयोजनामा रोट्रयाक्ट क्लब अफ पोखराको संयोजनमा चौथो स्व. रो. सचिन स्मृति राष्ट्रब्यापी रक्तदान कार्यक्रम ५३ यूनिट रगत संकलन भएको छ ।
रोटरी इंटरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनी किरण लाल श्रेष्ठकोे २० औ पटक रक्तदान गर्न लागेकी रोट्रयाक्ट क्लब अफ पोखराकी प्रथम उपाध्यक्ष प्रिति पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुक्रवार कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रको बारेमा प्रकाश पार्दै जोन ४ का जेड.आर. आर. दीपेन्द्र बहादुर घिमिरेले स्व. रो. सचिनको सम्झना गर्दै उनी जस्तै लगनशील र समाजसेवी युवा जमातलाई रोट्रयाक्टमा स्वागत गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रममा रगतको महत्व एबं रक्तदानको अपरिहार्यताको बारेमा प्राविधिक अर्जुन ज्ञावलीले प्रस्ट पारेका थिए । रोट्रयाक्ट डिस्ट्रिक्ट कमिटी को बार्षिक कार्यक्रम अन्तर्गतको उक्त कार्यक्रममा सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्दै संयोजक क्लबका अध्यक्ष सुदीप गुरुङले सम्पूर्ण सहयोगिलाई धन्यबाद ज्ञापन थिए । पोखरा सभागृहमा आयोजित उक्त कार्यक्रम संचालन संयोजक क्लबका सम्पादक प्रवेश गौतमले गरेका थिए ।

 
पोखरा सभागृहमा आयोजित उक्त कार्यक्रममा जोन ४ का १२ रोट्रयाक्ट क्लबले सह संयोजनको भूमिका निभाएका थिए भने जोन ४ कै ८ रोटरी क्लबहरुले सहयोग गरेका थिए । बिशेष उपस्थितिको रुपमा जर्मनी नागरिक लौरा भनेस्सा रोयले पनि उक्त कार्यक्रममा रक्तदान गरेकी थिईन ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter