काठमाडौं -बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा- ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । आज यूट्युवमा ‘ पछि उमेर ढल्किन्छ’  बोलको गीत सार्वजनिक गरिएको हो ।गीत मा नेपाल आइडलका फस्ट रनरप निशान भट्टराई तथा एन्जिला रेग्मीको स्वर रहेको छ । संगित अर्जुन पोखरेलको रहेको छ । दशैंमा रिलिज हुने तयारीमा रहेको यस चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइरालाको अभिनय रहेको छ ।

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter