क्यालिफोर्निया – पाँच करोड फेसबुक ‘अकाउन्ट’ ह्याकरहरूको निशानामा परेका छन् । फेसबुकले आफ्नो सुरक्षासम्बन्धी कमजोरीका कारण ५ करोड फेसबुक ‘अकाउन्ट’लाई अनधिकृत रुपमा सूचना लिने ह्याकरहरूले निशाना बनाएको जनाएको छ ।

फेसबुकले यस बिषयमा अनुसन्धान थालेको छ । उसले आक्रमण कसले गरेको हो त्यो थाहा नभएको जनाएको छ । उसले कुनै खाताहरूको सूचना दुरुपयोग भए वा नभएको ? भन्ने पनि पत्ता नलागेको जनाएको छ ।

फेसबुकको ‘भ्यू ए्याज’ नामक कोही अरूले आफ्नो फेसबुक प्रोफाइल कसरी हेर्नसक्छन् भन्ने गोपनीयतासम्बन्धी सुविधामा रहेको जनाएको छ । उक्त सुविधामार्फत ह्याकरहरूले प्रयोगकर्ताको खातामा नियन्त्रण कायम गर्न सकेको पनि फेसबुकले जनाएको छ ।

फेसबुक प्रयोगकर्ताका सुरक्षा अत्यन्त महत्वपूर्ण भएको बताउँदै फेसबुक प्रोडक्ट म्यानेजमेन्टका उप–प्रमुख गाइ रोसनले यस त्रुटिका लागि माफी मागेका छन् । ह्याकरहरूले गरेको उक्त अतिक्रमणबारे मंगलबार जानकारी प्राप्त भएको र लगत्तै त्यसबारे प्रहरीलाई जानकारी गराइएको फेसबुकले जनाएको छ ।

सुरक्षाको लागि के गर्ने ?
सम्भावित प्रयोगकर्तालाई शुक्रबार आफ्नो खातामा पुनः लग इन गर्न भनिएको छ । पासवर्ड भने परिवर्तन गर्न नपर्ने उसले जनाएको छ । फेसबुकले अहिले त्यस्तो कमजोरी सुधारिसकिएको र सबै प्रभावित खाताहरूलाई रिसेट गरिएको बताएको छ ।

अन्य ४ करोड प्रयोगकर्ताबारे पनि पूर्व सावधानीका कदम चालिएको जनाएको छ । शुक्रबार शेयर मुल्य तीन प्रतिशतले घटेको फेसबुकका मासिक प्रयोककर्ता दुई अर्ब भन्दा बढी रहेका छन् । फेसबुक आफ्ना प्रयोगकर्ताका तथ्याङ्क सुरक्षित गर्न सक्षम छ भनेर अमेरिका र अन्यत्रका सांसदहरूलाई सहमत गराउन संघर्षरत रहँदा उसले पछिल्लो आक्रमणको सामना गर्नुपरेको छ ।

शुक्रबार कनफेरेन्स कलमार्फत फेसबुकका संस्थापक मार्क जकरवर्गले फेसबुकमा निरन्तर आक्रमण भइरहँदा आफ्नो कम्पनीले प्रयोगकर्ताका तथ्याङ्क सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter