दुबै मृगौला फेल भएर जीबन मृत्युको दोषादमा रहेकी गंगा दहाल लाई रु पचास हजारको आर्थिक सहयोग प्राप्त भएको छ ।कतार स्थित एजेक्ट कम्पनीमा कार्यरत मेघनाथ चुवाई सुबेदीको नेतृत्वमा सोहि कम्पनीमा कार्यरत नेपालीहरु बाट उक्त रकम संकलन गरी पीड़ित समक्ष पुराईएको हो ।
अन्नपूर्ण गाउपलिका वड़ा नं. २ बस्ने गंगा दहाल आफ्नो दुबै मृगौलाले काम गर्न छाड़ेपछि आफ्नो सन्तान र घर परिवारको चिन्तामा दिन रात नै रहेकी छिन ।मृगौला प्रत्यारोपण गरे मात्र ठीक हुने डाक्टरको भनाइ छ र मृगौला दिने ब्यक्ति भएर पनि दहाल जिउने आशमा छैनन किनभने उनी सँग प्रत्यारोपण गर्ने पैसा थिएन । तर अहिले झिनो आश भने पलाएको छ ।
कतारमा मेघनाथ सुबेदीको नेतृत्वमा संकलित रकम हिजो मात्र पीड़ित लाई हस्तान्तरण गरिएको छ ।
अन्नपूर्ण गाउपालिका वड़ा न. २ का वड़ा अध्यक्ष चूड़ामणि अधिकारी, वड़ा सदस्य देव राज भण्डारी, अनेरास्वबीयू जिल्ला कमिटी सदस्य अनूप लामिछाने एबं समाजसेवी मुक्तिराम भण्डारीको उपस्थितिमा उक्त संकलित रकम अमृत सुबेदीले हस्तान्तरण गरेका छन । सोही क्रममा हौसला प्रदान गर्दै सुबेदीले हिम्मत नहार्न र आफुले सकेको सहयोग जुटाउन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter