काठमाडौं । चुनाव नजिकिएको कारण सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ ।
यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो ।

ट्राफिक प्रहरी र यातायात विभागका कर्मचारीहरु चुनावका लागि जिल्ला–जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए । अहिले काठमाडौंका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स र वर्ग थपको काम रोकिएकोहो ।

लाइसेन्सको नवीकरण भने रोकिएको छैन । कार्यालयहरुले चुनाव सकिएलगत्तै फेरि सेवा सुचारु गर्ने बताएका छन् । तर, चुनाव लगत्तै देश प्रदेशको संरचनामा जाने भएकाले लाइसेन्सको वितरणमा केही अन्योल हुने देखिएको छ ।

संविधानमा लाइसेन्सको वितरण स्थानीय तहबाट नै हुने उल्लेख छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter