दिपक पौडेल-
आज फेरि घर किन्न आए! म सङै रहेको एक अस्ट्रेलियन साथीले केही चाइनिज पर्यटकहरु जहाजबाट उत्रे पछि मलाइ भन्यो! मैले सोधेँ “तिम्लाइ कसरी थाहा भयो यो घर नै किन्न आयो भनेर?” उस्ले अस्ट्रेलियाको लबजमा नै भन्यो “हेर साथी यिनिहरु आफ्नो पैसा लगानी गर्न येहा आएका हुन! अब हामी सिड्नीमा घर किन्ने सपना नदेखे भयो! म त अब गाउँमा बस्छु! सायद १००-१५० किलोमिटर टाढा त्यहाँ कोहि चाइनिज नआउलान”

त्यो साथिले भनेका कुरामा १००% सहमति नजनाए पनि बिगत १०-१५ बर्षको घरजग्गा कारोबार हेर्दा अस्ट्रेलियाका मुख्य शहर र वरिपरि सप्पै कारोबारमा कोहि न कोहि चाइनिज अनुहार देखिएको नै हुन्छ! म हालैका घरजग्गा लिलाम भाको ठाउँमा जाँदा जहिले पनि बढाबढको प्रतियोगितामा चाइनिज अनुहार मात्रै देखेको छु! स्थायी बासिन्दाहरु घरको डिलमा बसेर हेरिरहेका देखिन्छन आजकल! विकसित र पुँजीवादी देशमा बसेर घर किन्ने सपना देखेका धेरै छन र तिन्का घर किन्ने सप्पै चाइनिज र अरु! कस्तो सिस्टम?
सप्पैलाइ सर्बबिजितै भएको कुरा हो! अस्ट्रेलिया सन्सारको सप्पैभन्दा महँगो पर्यटन गन्तव्य हो! गत साल मात्रै करिब १५ लाख चाइनिजले यो देश घुमेका रहेछन अनि करिब १० बिलियन अस्ट्रेलियन डलर खर्च गरेका रहेछन! आजकल दैनिक सिड्नीमा मात्रै ८ वोटा त चाइनिज कम्पनीका जहाज मात्रै आउने रहेछन त्यो बाहेक अरु देशकाले चाइना भनेर उडान गर्ने कति हो कति! भारतको इन्डियन ऐर्लाइन्स आउँछ केही दिन उडान गर्छ हप्तामा!

हालैका दिनमा अस्ट्रेलियाको राजनीतिमा चाइनिज ब्यबसायीले ठुलै (चन्दा) असर पारेको कुरा येहाँको सार्बजनिक टिभिले गरेको अनुसन्धानात्मक खोजपत्रकारिताले पत्ता लगाको थियो! भर्खरै पनि येहाँका धेरै ठुला सार्बजनिक सम्पत्ती र कृषि फार्ममा चाइनिजको लगानी प्रशस्त देखिन्छ! खनिजको त कुरै नगरौं! केहि पुरातनवादी र बिस्वब्यापिकरणका बिरोधीले केही आबाज उठाए पछि आजकल चाइनाका धनाड्यहरु आफू सिधै आउन भन्दा येहाँ नै कुनै कम्पनी खडा गरि त्यहाँबाट नै लगानी गरेको पाइएको छ!
यी माथिका केहि तथ्य पढे पछि हजुरहरुलाई लाग्दो हो कि अस्ट्रेलिया बसेर त्यहाँको अर्थराजनीति हामीलाइ किन पढाइरहेको होला? हो स्वाभाविक हो! तर मेरो यो लेखाइको खास चुरो भनेको राजनीति, ब्यबस्था र आर्थिक क्रियाकलापमा के सम्बन्ध छन भन्ने पाटो केलाउनको लागि हो!

बिगत १२ बर्ष देखि अस्ट्रेलिया जस्तो पुँजीवादी अर्थतन्त्र भाको मुलुकमा बसेर चाइना जस्तो कम्युनिस्ट (जुन शब्द र पार्टी नै यो देशमा प्रतिबन्ध जस्तै छ) हेर्दा मलाइ लागेको केही कुरा लेख्न मन लागेर! पुँजीवादी अर्थशास्त्रमा खास गरि सरकारले कुनै पनि आर्थिक/सामाजिक पक्षमा आफू मात्रै गर्दैन स्वतन्त्र रुपमा ब्यक्ती र कम्पनी पनि सङै ब्यबसाय गर्छन! ब्यक्तिगत सम्पती र कम्पनीको बोलवाला धेरै नै हुन्छ र ब्यक्तिगत पुजि निर्माणमा एकदमै सहयोग पनि हुन्छ! खासमा पुँजीवादी ब्यबस्थामा जनता र सरकार बिच पनि धेरै नै ब्यबसाय हुने रहेछ! सप्पै सुबिधाको मूल्य तोकिने रहेछ अनि उपभोग बापत मज्जाले तिर्नुपर्ने हुने रहेछ!

अब लागौं चाइना तिर! तेसो भए तेस्तो कम्युनिस्ट देशका जनता कसरी तेत्ती धनी? किन तेत्रा प्राइभेट कम्पनी? किन उनीहरु देशबाट पुँजी पलायन हुन दिएका? खासमा चाइनिज जत्तिकै ब्यक्तिगत पुँजी निर्माण त पुँजीबादि देशमा नि किन नभाका? लगानी र पैसा कमाउनको लागि बरु पुँजी बाहिर पनि लैजान दिने! त्यो पनि कम्युनिस्ट सरकारले?
के ब्यबस्था बाधक हो? हैन! ब्यबस्था एउटा ब्यबस्थापन गर्ने कुरा हो खास इन्जिन चलाउने त नेताले अनि जनताले सङै हो! जब चाइनाका आधुनिक ब्यबस्थापक (नेता) देङ साओपेङ ले चाइना अब ब्यबसायको लागि खुल्ला भनेर १९७८ तिर खोले तेत्ती बेला चाइनाको गरिबि करिब ६०% भएको अनुमान गरिन्छ आज आइपुग्दा करिब १०% भन्दा पनि कम! हाम्रो नजिकैको सन्सारको प्रजातान्त्रिक मुलुक भारतमा अझै पनि ३०-४०% अति गरिबको रेखा मुनि छन! चाइनाले करिब ७०० मिलियन जनतालाइ बिगत ३० बर्षमा गरिबीको रेखामुनिबाट मुक्त गरेको भन्ने उनीहरुको दाबी छ! भारतमा १७० मिलियन त खुल्ला ठाउमा सौच गर्छन! तेत्तिकै जनसंख्या नाङो शरीर र खुल्ला आकशमा मुख्य शहरमा झुपडीमा छन!
अहिले नेपालमा भन्ने गरेको कम्युनिस्ट र प्रजातान्त्रिक गठबन्धन! जसरी देङ साओपेङले चाइना खुला भने त्यसरी नै काङ्ग्रेसले पनि २०४६ साल पछि नेपाल पुर्णतः खुल्ला गरेको थियो! तेहि बखत केही चलेका र केही आर्थिक रोगी उधोगहरु सरकारले निजीकरण गरेको थियो! सरकार प्रजातान्त्रिक थियो, काम गर्ने अधिकार जनताले मज्जाले दिएका थिए तर किन फेल भयो? के हाम्रो शासन/ब्यबस्थाको गल्ती थियो? कि ब्यबस्थापन/ब्यबस्थापक (नेताको)? अहिले केही समाजिक संजालमा कस्ले कति राज गर्यो भन्ने कुरा आको छ तर काङ्ग्रेस मात्रै एउटा येस्तो भाग्यमानी पार्टी हो जस्लाइ जनताले २-२ पटक पुर्ण बहुमत दिएको थियो त्यो पनि पुर्ण प्रजातान्त्रिक पद्धतिमा अब दोष कस्लाइ दिने? काङ्ग्रेसलाई? प्रजातान्त्रिक ब्यबस्थालाइ? नेतालाइ? कस्लाइ? कम्युनिस्ट चाइना बढेको बढै थियो तेहि अबधीमा!

१ दशकको माओवादी जनयुद्ध र घिनलाग्दो राजनैतिक अभ्यासले देश तहसनहस भयो! तेहि अबधीमा कम्युनिस्ट चाइनाले आफ्ना जनता धनी मात्रै बनाएन सन्सार घुम्न, लगानी गर्न, पढ्न, सिक्न, कमाउन र किन्न पठायो आज उस्का जनतालाइ कम्युनिस्ट भनेर कोहि पुँजीवादी देशले हेलाँ गर्दैन बरु उनुहरुले पालेको माहुरी (अर्थिक)को रस पिउनको लागि दोभासे राखेर रातो कार्पेट बिछ्याएका छन! हामी येहि अबधीमा ५५ लाख पढेका, नपढेका, अदक्ष कामदार बिदेश निर्यात गर्यौ अहिले रेमिटेन्समा रमाइलो गर्दै छौँ! ब्यबस्थालाइ दोष लगायौं! २-३ ब्यबस्था नै परिवर्तन भए! २-३ संविधान नै बने तर देश बनेन! अझै यिनै असफल ब्यबस्थापकलाइ विभिन्न दर्जामा फेरि नियुक्ति गर्दै छौं! फेरि दोष ब्यबस्थालाइ नै छ!
अन्तमा, अहिले भएको गठबन्धनका पार्टीहरु यदि साच्चिकै परिवर्तनको लागि भएका हुन भने जुनै ब्यबस्था आएपनि देश बिकास हुनेछ तर स्थायित्व र निरन्तरता अनि व्यावसायिकता चाहियो! जनतालाइ झुटो वाद देखाउने र आर्को बादलाइ बर्बाद भनेर हौवा फिजाउने क्रियाकलापले देश अझै पनि बन्ने देखिएको छैन! बेलैमा होस पुगोस! देश बनाउने नेताले, कामले, निष्ठाले हो ब्यबस्थाले हैन!

यदि कोहि पार्टी अझै पनि ब्यबस्था र बादको कुरा गर्छ भने तेस्लाइ जनताले वाद गरिदिए हुन्छ! विकसित, खुशी देश भनेको ब्यबस्थाले नहुने रहेछ! जनता जब आधारभुत आबस्यकता पनि पूरा गर्न सक्दैनन तेस्ता जनतालाइ “वाद” र “ब्यबस्था” को फर्जि कुरा गरेर केही फाइदा छैन! आज चाइनाका जनता चाहेको ठाउँमा घुम्छन, पैसा खर्च गर्छन, दुनियाँ उनैलाइ ल्याउन पाए कमाइन्थ्यो भन्छ, सरकार जनतालाइ सिक्न, पढ्न बाहिर पठाउँछ खै कहाँ छ त्यो कम्युनिस्ट शासन? अर्बौं थरीका र रङका मानिस भाको देशमा सप्पैलाइ सप्पैले भनेको जस्तो ब्यबस्था नहोला, अधिकार नहोला तर खाना, बस्न, ट्वाइलेट जान, लुगा लाउन त पुगेकै छ! खै हाम्रा जनतालाइ पुगेको? अब काङ्ग्रेस होस कि एमाले “बाद” को कुरा छाडेर जनतालाई दिन सक्ने के हो त्यो कुरो गरौं! न यहाँ बिपिको समाज्बाद मत्लब छ न यहाँ माओवादी न लेनिन न राजा! सबाल जनता र तिन्का आबस्यकताका छन! तेहि भएर अब काङ्ग्रेसले कम्युनिस्टको हौवा र एमाले-माओवादीले पहिलेका कुरा गरेर दिन बिताउने हैन! दुबै तिरका मिलेर १० बर्षमा जनतालाइ केके दिने भन्ने कुरो गर्न पर्यो! खाने-लाउने सक्ने भएसी अनि वाद को कुरा गर्दा संवाद पनि आउँछ!
Data sources: World Bank, Wikipedia, Tourism Australia, inequality.org, Indian express etc.
लेखक हाल अस्ट्रेलियामा छन्

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter