राजविराज,कात्तिक ७- नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बुवा बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय नागरिक राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ का विन्देश्वरी यादवलाई बुवा र लक्ष्मीदेवी यादवलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने सम्पूर्ण तयारी पूरा भइसकेकोले संलग्न चारजनालाई नेपाल नागरिकता ऐन २०६३ अनुसार कारबाही गर्न भन्दै निवेदकले माग गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter