सरकारले बेगनास र रुपातालमा पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेगनास र रुपा तालबाट पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गर्नु भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले खाना पकाउने ग्यासलाई विस्थापित हुनेगरी प्राधिकरणले विभिन्न तालहरुबाट पनि विद्युत उत्पादन गर्ने योजना अघि सारेको स्पष्ट पार्नु भयो ।

पम्प स्टोरेज विधिबाट दुवै तालमा विद्युत उत्पादन गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत प्रशारण लाइनलाई स्मार्ट बनाउने योजनालाई पनि उच्च प्राथमिकता दिइएको पनि जानकारी दिनुभयो ।

प्राधिकरणले पाँच वर्ष भित्र विद्युतबाटै खाना पकाउन आवश्यक व्यवस्था गर्ने लक्ष्य पनि लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतलाई भरपर्दो उर्जा शक्तिको रुपमा विकास गर्न कुनै कठिनाई नरहेको पनि बताउनुभयो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter