पौष-११, पोखरा / पछिल्लो समय खासै लोक भाका नरुचाउने युवा पुस्ता पनि लोक भाकाका पारखी बन्न थालेका छन् । बजारमा धमाधम नयाँ नयाँ लोक गित हरु आईरहेका छन् , ति मध्य केहि केहि गितहरु बेला बखत विभिन्न कमि कम्जोरीका कारण विवादमा आईरहन्छन् ।

पुराना गायक भएर पनि हालसम्म कुनै विवा दमा नपरेका चर्चित लोक दोहोरी गायक चोलेन्द्र पौडेलले भर्खरै नयाँ लोकदोहोरी गितामा आवाज दिएका छन् । प्राय माया प्रेमका भावहरु झल्काउदै झम झम नाच्ने गित हरु गाउने चोलेन्द्रले यति बेला पनि त्यस्तै खालको गित गाएका छन् .।

छोटो समयमा युट्युबमा सार्वजनिक उक्त भिडियोले राम्रो दर्शक पाएको छ । गितको बारेमा कुरा गर्दा सबैलाई नचाउने गित छ र दर्शक श्रोताको माया यो गितमा पनि पाउनेमा विश्वस्त रहेको गायक चोलेन्द्र पौडेलले पिपल्स डेली नेपाललाई बताए ।

विन्ध्यावासिनी म्युजिकद्वारा बजारमा ल्याइएको गित पच्छेउरीको छेउमा शब्द शंकालन चर्चित गायक तथा सब्द संकलक शिव हमालले गरेका छन् , र त्यसमा चोलेन्द्र सङ आवाज चर्चित लोकदोहोरी गायिका देवि घर्तीले दिएकि छन् । प्रकाश भट्ट द्वारा निर्देशित उक्त गितको भिडियोमा निर्मल क्षेत्री र रिना थापाले अभिनय गरेका छन् ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter