काठमाडौं- स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । उपभोक्ताका दैनिकअवश्यकताको पूर्ति गर्ने सोचका साथआर १७ प्रो नयाँआकर्षक ग्राडियण्ट डिजाइन सार्वजनिक गरिएको हो । स्क्रिनको ९१.५% ओगट्ने १९.५९ एफएचडी+ ६.४ ईञ्च स्क्रिन सहितको आर १७ प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ ।

उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभव दिने सोचका साथ कम्पनीले फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्यभागमा समायोजित गरेको छ । फोनको गति र कार्य क्षमतामा तिब्रताका लागि ८ जीबी र्‍याम + १२८ जीबी रोम सहितको आर १७ प्रो, कोरनिङ गोरिल्ला ग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो । कलरओएस ५.२मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न्यापड्र्यागन ७१० प्रोसेसरले शक्तिप्रदान गर्छ ।

मूल्य ८९ हजार ९ सय ९० निर्धारण गरिएको ओपो आर १७ प्रो सोमबारबाट देशभरका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध गरिएको छ । आर १७ प्रोमा कम्पनीले प्रकाशलाई उपकरणको माथिल्लो तहमा बहन सघाउने लाईट कन्डेन्सिङ तह सहित नयाँ अवधारणामा आधारित ‘थ्रीकलर र बाई-क्वाड डिरेक्सन’ ग्राडियण्ट डिजाइनको प्रयोग गरेको छ ।

हिडन फिंगर प्रिण्ट अनलक सहितको आर १७ प्रोमा प्रयोगकर्तालाई तिब्रगतिमा सुरक्षित तवरले चार्ज गर्न सघाउने सुपरभोक फ्ल्यास चार्जिङ प्रविधिपनि उपलब्ध गरिएको छ । यो प्रविधिले आर १७ प्रो प्रयोगकर्तालाई करिव १० मिनेटको समयमै आफ्नो फोनको ब्याट्रि ४०% चार्ज गर्ने क्षमताप्रदान गर्छ । उपभोक्ताको तिब्र गतिमा विश्वसनिय, सुरक्षित र टिकाउ तरिकाले चार्ज गर्ने चाहनाको सम्बोधनार्थ कम्पनीले यो चार्जिङ प्रविधिको विकास गरेको हो ।

विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखीओपो आर १७ प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै पक्षमा स्तारोन्नती गरिएको छ । आर १७ प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभलएआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो । यसले हार्डवेयरको सिमा भन्दामाथी उठेर तस्विरको गुणस्तरमा बृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ ।

ओपो आर १७ प्रोमाएफ१.५-एफ२.४ को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधिपनि छ । यसले फोनमा उपलब्ध गरिएको ७पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्यालो बनाउनलामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइजगर्न सघाउँछ ।

त्यसैगरी, सेन्सरका कुरा गर्दा आर १७ प्रोमा मुख्य क्यामेराका रुपमा सोनी आईएमएक्स ३६२ को प्रयोग गरिएको छ । १२ एमपीको यो क्यामेरामा तिब्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको ब्यवस्था गरिएको छ । साथै, नोइज लेभल कमगर्न तथा चहकिला नाइट सट्सका लागि फोनमा १.४ माइक्रोन पिक्सेल साइज र १-२.५५ सेन्सर साइजको ब्यवस्था फोनमा रहेको छ ।

सेल्फी सेयर गर्न सकियोस् भन्ने सोचका साथआर १७ प्रोमाएआर स्टिकर सुविधापनि उपलब्ध गरिएको छ । तेस्रो पक्षिय एप डाउनलोड गर्न नपर्ने गरी फोनको क्यामेरा एपमा ईनब्यूल्ट रुपमै फोनमा समाहित गरिएको छ ।

कम्पनीले आर १७ प्रोमाकलरओएस ५.२मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणालीको प्रयोग गरेको छ । यस ओएसमा थपिएको फिचरका रुपमाफुल स्क्रिन मल्टि टास्किङ स्मार्टबारलाई लिन सकिन्छ । यसले प्रयोगकर्तालाई गेमिङ वा भिडियो हेर्ने जस्ता फुल–स्क्रिनकार्य गरिरहँदाम्यासेजको रिप्लाई गर्ने लगायत कार्यमा सहजताप्रदान गर्छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter