काठमाडौं । एमाले र माओवादी केन्द्रका भ्रातृ संस्थाले प्रतिनिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक तत्काल नगरे निर्वाचन आयोगविरुद्ध कडा आन्दोलन छेड्ने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै एमालेको भ्रातृ संस्था युवा संघ र माओवादीको वाइसीएल तथा दुवैका विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले ज्ञापनपत्रमा महिलाको प्रतिनिधित्वको विषयलाई लिएर आयोगले झमेला झिक्ने विषय गलत मनसाय राखेको भन्दै उनीहरुले तत्काल समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न माग गरेका छन् ।

आयोगका पदाधिकारीलाई भेटेर दुई दलका युवा संघठनले संविधानलाई पूर्ण कार्यान्वयनलमा ल्याई वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् । आयोगलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहिनतातर्फ लैजाने प्रपन्च हामीलाई मान्य हुने छैन र ढिलाई गरे कडा आन्दोलनमा जान बाध्य हुने छौं ।’

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter