पौष-२२, पोखरा/ पोखराको जिरोमा आज दिउसो डरलाग्दो आगलागी भएको छ ! जिरो चोक बाट मासबार घरेलु कार्यालय जाने बाटोमा कुना पट्टि पार्किंग गरेर राखेको बसमा आगलागी भएको हो ! रोडवेज ट्राभल्सको ना ५ ख ७२०८ नम्बरको बसमा आगलागी भएको हो ! बेनी बाग्लुंग पोखरा काठमाण्डौ सडक खण्डमा चल्ने उक्त बसमा आगलागी भएको छ ! पार्किंग गरेर राखेको हुनाले आगलागी बाट मानवीय क्षति भने भएको छैन !
जलेर नस्ट भएको उक्त बसको माथि पट्टि विधुत प्रशारणका तारहरु चुटिएका छन्, तर ति तार सट भएर आगलागी भएको हो वा बसको खराबीले आगो लागेको हो भन्ने यकिन भएको छैन ! बसको भित्रि भाग पूर्ण नस्ट भएको छ !
लेखनाथ महानगरपालिकाको दमकल, लागायत् सुरक्षाकर्मीहरुको प्रयासमा आगो नियन्त्रणमा लिईसकिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख बसन्त शर्माले पिपल्स डेली नेपाललाई जानकारी दिए !