काठमाडौं, पुस ३०/ उपत्यकामा निकै लोकप्रिय बन्दै गइरहेको भाडामा मोटरसाइकलमाथि प्रहरीले कार्वाही थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको हो ।

उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिनुभयो । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको पन्तले जानकारी दिनुभएको राससले जनाएको छ ।

कारवाही गरिएका मोटरसाइकल चालकलाई एक हजार रुपैयासम्म जरिवना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको छ । नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतम निजी सवारीसाधनले यात्रु बोक्दा सार्वजनिक सवारी साधनलाई समस्या परेको बताउनुभयो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter