पोखरा २८ पुस / कास्कीमा राँगाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन् । राँगाले सिंगले हान्दा कास्कीको मादी गाउँपालिका ११ स्थित सैमराङका ४९ वर्षिय भिम बहादुर काफ्ले घाइते भएका हुन् ।

बिहिबार बिहान करिब साढे नौ बजेको समयमा स्थानीय  बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले काफ्लेलाई नै घाईते हुने गरी आक्रमण गरेको हो । गम्भीर घाइते भएका काफ्लेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

राँगालाई नियन्त्रणमा लिनको लागि १ राउण्ड गोलि प्रहार गरिएको प्रहरीले उल्लेख गरेको छ । गोली प्रहार गरेर राँगा मारिएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter