सिटि टुर गाईडका समस्या र चुनौती तथा नेपाल भ्रमण बर्ष २०-२० को सफलताको लागी सिटि टुर गाईडको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ ।सिटि टुर गाईड एसोसिएसन पोखराको आयोजनामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा सिटि टुर गाईडहरु ले भोगेका समस्या, चुनौतीका विषयमा सवाल जवाफ सहित कार्यक्रम सम्पन्न भएको हो ।

सिटि टुर गाईड एसोसिएसन पोखराको अध्यक्ष कृष्ण भारतीको अध्यक्षता मा आयोजित उक्त कार्यक्रममा उठेका विषयमा सहजीकरण विशेस अतिथि तथा पर्यटन विज्ञ बासु त्रिपाठीले दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले सिटि टुर गाईड एसोसिएसन पोखरा स्थापना संगै उदाहरणीय कार्यक्रम गरेको र संस्था संग सम्बन्धित सम्पूर्णको हितका लागि रहेको पाईएको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । एसोसियसनले आफुलाई समय संगै अगाडी बढाउनु पर्ने भनाई राख्दै आवाश्यक साथ र सहयोगको लागि आफु र पर्यटन बोर्ड सदा तत्पर रहेको विश्वास दिलाउनु भयो ।

कार्यक्रममा टान पोखराका कोषाध्यक्ष कृष्ण आचार्य, नाटा पोखराका अध्यक्ष सन्तोष पोखरेल, हान पोखराका अध्यक्ष विकल तुलाचन, एन.एम.ए अन्नपुर्ण च्याप्टर सभापति कृष्ण प्रसाद काल्फे, पी.टि.सी पोखराका चिरन्जीवी पोखरेल लगायतले संस्थालाई शुभकामना तथा बधाई दिदैं अन्तरक्रियामा उठेका विषयमा आधारित भनाई राख्नु भएको थियो । सिटि टुर गाईड एसोसिएसन पोखराकि सचिव निर्मला सुवेदी द्वारा संचालित उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter