“पार्टीमा गुटबन्दी गर्नु सबैभन्दा ठूलो अपराध हो”
“पार्टी नेता प्रधान हैन नीति प्रधान हुनुपर्छ” क.पुष्पलाल

नेपाली लोकतान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनका शिखर व्यक्तित्व कमरेड पुष्पलालको आज ४१औँ स्मृती दिवश मनाईरहेका छौ । कमरेड पुष्पलाल नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । सामन्ती एकात्मक व्यवस्थाको अन्त्य गरि संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि नीति, विचार, संगठन निर्माण गरि सोही अनुरुप जीवनभर आपूmलाई समर्पित गर्ने व्यक्तित्व हुनुहुथ्यो कमरेड पुष्पलाल । नेपालको भूगोल, नेपाली जनताको चेतना स्तर, भाषा, धर्म, संस्कृती र राजनीतिक परिवेश अनुसारको परिवर्तनकामी विचारलाई स्थापित गरि त्यहि विचारको आधारमा कम्युनिष्ट पार्टी स्थापना गरेर आम जनतामा चेतना जागृत गरि संगठित गर्दै, आन्दोलन, संघर्ष र पार्टी निर्माणको काममा होमिनु भएको थियो । १९८१ साल असार १५ गते रामेछापको भगेरीमा बुवा भक्तलाल र माता तिलकुमारीको कोखबाट माइला सुपुत्रको रुपमा उहाँको जन्म भएको थियो । उहाँको बुवाले ठूलो परिबारलाई खेतीपातीबाटै मात्रै पालन पोषण गर्न समस्या भएपछि जागिरे भई जीवन निर्वाह गर्नुभएको थियो । उहाँका दाजु शहिद गंगालाल श्रेष्ठ राणा विरोधी आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । १९९७ साल माघ १६ गते राणा शासकले उहाँलाई २२ बर्षको उमेरमा गोली ठोकेर मारेका थिए । फाँसी दिनुभन्दा अघिल्लो दिन आफ्ना बुवाका साथ पुष्पलाल दाजुलाई भेट्न जेलमा जानुभएको थियो । गंगालालले भाइलाई “माइला मैले बालेको प्रजातन्त्रको दियो तैले जगाउने छस् , यस दियोलाई कहिल्यै निभ्न दिने छैनस” भन्नुभएको थियो । दाजुको त्यही अन्तिम वचन पूरा गर्न राणा शासनको अत्यचारको विरुद्धमा कमरेड पुष्पलाल पनि सक्रियता पूर्वक लाग्नुभयो । राणा शासनको अन्त्य भएपछि निरंकुश पंचायत व्यवस्थाको विरुद्ध निरन्तर रुपमा लागिरहदा २०३५ साल श्रावण ७ गते निर्वासित जिवन विताई रहेको अवस्थामा उहाँको भारतको गोविन्द बल्लभ पटेल हस्पिटलमा ५४ वर्षको उमेरमा दुःखद निधन भएको थियो ।

१. नेपालको सामन्तवाद र त्यसको अन्त्य ः लामो समयसम्म विश्वमा र नेपालमा पनि मातृसत्तात्मक कविलासत्ता रहेको देखिन्छ । विभिन्न समयमा महिलाहरुबाट पुरुषले अधिकार खोसेर पितृसत्ता स्थापना गरेका देखिन्छ । नेपालमा पितृसत्ता स्थापना र सामन्तवादी समाज स्थापना गर्न मञ्जुश्री, ने मुनी, मनु लगायतकाको भूमिका देखिन्छ । उनीहरुले नै गोपाल वंश, अहिर वंश, ग्वाला , धर्माकार अदिलाई राजा बनाएर शासन सत्ता संचालनको वातावरण सिर्जना गरेको देखिन्छ ।

राजतन्त्रको विकशित रुप लिच्छवी युगमा भएको थियो । मानदेव, अंशुवर्मा, जनक, शाक्य, तिरहुत लगायतका राजाहरुको त्यसवेला उदय भएको थियो । पछिल्लो अवधिमा मल्ल, शाह वंशको उदय भयो । कास्कीका कुलमण्डल शाहको सन्तानहरुले लमजुङ गोरखा हुदै उपत्यका र नेपालको सवै भूभागमा नेपाल अधिराज्य निमार्ण गरि शासन संचालन गरेको थिए । तिनै राजाका नेतृत्वमा नेपालमा सामन्तवाद विकास भएको देखिन्छ । शक्तिशाली भारदारहरु राणा, पाण्डे, थापा, मल्ल लगायतकाले सामन्तवादलाई विकशित र शक्तिशाली बनाएका थिए । राजाका सन्तानहरुको नेतृत्वमा भएको सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई नेपाली जनताको गौरवपूर्ण ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलनले २०६५ साल जेठ १५ गते सदाको लागि अन्त्य गरि नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो ।

२. क.पुष्पलालको राजनीतिक यात्रा ः दाजु गंगालाललाई राणाहरुले फाँसी दिएपछि, पुष्पलालको कलिलो दिमागमा मेरो दाजु जनताको लागि, जनअधिकारको लागि राष्ट्रियताको लागि, प्रजातन्त्रको लागि, लोकतन्त्रकोे लागि आवाज उठाउदा मारिनु भएको छ । राणाहरुको शासन व्यवस्था खराब छ, निरंकुश छ, अधिनायकवादी छ, यसले जनताको सेवा गर्दैन, जनतालाई अधिकार दिदैन, जनतालाई चेतनशिल हुन दिदैन, देश बिकास गर्न सक्दैन, राष्ट्रियता बचाउन सक्दैन । त्यसैले निरंकुश जाहनिया राणा शासनको अन्त्यको लागि मैले योगदान गर्नुपर्छ, जनतालाई चेतनशिल बनाउन लाग्नुपर्छ, जनतालाई संगठित गरि जनताको विद्रोहको बलद्धारा राणा शासनको अन्त्य गर्नुपर्दछ भन्ने चेतना उहाँमा जागृत भयो । त्यहि चेतनाले कमरेड पुष्पलाल नेपाली राष्ट्रिय काँग्रेसमा संगठित भएर काम गर्नुभयो र केन्द्रीय सचिवसम्मको जिम्मेवारी लिएर आन्दोलनमा होमिनु भयो । तर काँग्रेसमा व्यक्ति व्यक्तिको झगडा, देश, जनता र समाजको परिवर्तन गर्नुभन्दा पनि राणाबाट शासक सत्ता खोसेर फेरी आपूm मालिक बन्न,े शासक बन्ने, सामन्तीवादी सोच चिन्तन देखेपछि पुष्पलालले यस्तो पार्टीबाट जनताको अधिकार सुनिश्चित हुदैन, काग्रेसले जनताको पक्षमा काम गर्न सक्दैन, राष्ट्रियता बचाउन सक्दैन, देश विकास गर्न सक्दैन, सबै क्षेत्र, वर्ग, सामुदायको अधिकार स्थापित हुदैन भन्ने निष्कर्षमा पुग्नु भयो । त्यसपछि उहाँले कम्युनिष्ट पार्टीका दस्तावेज, दर्शन, नीति, सिद्धान्त कार्यक्रमको अध्ययन गर्न थाल्नुभयो । अंगे्रजी भाषामा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको अनुवाद गरि नेपाली भाषामा प्रकाशित गर्नुभयो । अव देश, जनता, समाजको हित गर्ने, राष्ट्रलाई विकशित गरि स्वधिन राष्ट्र निमार्ण गर्ने, जनवादी क्रान्ति सम्पन्न गरि समाजवाद हुदै साम्यवादमा पुग्ने लक्ष्य लिएको कम्युनिष्ट विचारले मात्रै नेपाल र नेपालीको हित गर्न सक्छ भन्ने निष्कर्षमा पुग्नुभयो ।

२००६ साल बैशाख १० गते (अप्रिल २२) लेनिन जयन्तीको दिनमा उहाँले कलकत्ताको मोहन बगानको श्याम बजार भन्ने स्थानमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव हुनुभयो । उहाँको साथै निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण बिलाश जोशी, मोतिदेवी श्रेष्ठ संस्थापक सदस्य हुनुभयो । कमरेड पुष्पलालले कमिटी मात्र गठन गर्नुभएको हैन उहाँले त पार्टीको नीति, कार्यक्रम, उदेश्य, लक्ष्य, संगठनात्मक स्वरुप आदि समेत तयार गरि रणनीति, कार्यनीतिका बारेमा स्पष्ट दृष्टिकोण सहितको पार्टीको बिचार स्थापित गर्नु भएको थियो । सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद, विस्तारवादको विरुद्धमा गरिव, सर्वहारा, श्रमजीवि, मुक्तिकामी न्यायप्रेमी जनताको एकताको बलद्धारा, संगठित शक्तिद्धारा विजय हासिल गर्न सकिन्छ भन्ने विचारलाई स्थापित गर्नुभयो ।

३. संयुक्त जनआन्दोलन र पुष्पलाल ः पार्टी कमिटीको मुख्य नेतृत्वमा षडयन्त्र पूर्वक रुपमा कमरेड पुष्पलाललाई पुग्न नदिए पनि पार्टीको नीति कार्यक्रम, रणनीति, कार्यनीति उहाँले नै निर्माण गर्नुहुन्थ्यो र आधिकारिक फोरमबाट पास हुने गर्दथे । विभिन्न समयमा संगठन, आन्दोलन र विचारप्रति आस्था नभएकाहरु समेत मूल नेतृत्वमा पुगेर कम्युनिष्ट पार्टीलाई विघटनसम्म गर्ने र दक्षिणपन्थी, उग्रवामपन्थी भासमा पु¥याईएको थियो । त्यसको विरुद्धमा क.पुष्पलाल निरन्तर निरन्तर नथाकिकन पार्टी काममा लागिरहनु भयो, संघर्ष गरिरहनु भयो । पार्टीलाई, राष्ट्रलाई आन्दोलनलाई ठिक दिशामा अगाडी बढाउन प्रयत्नशिल भईरहनु भयो । कम्युनिष्ट पार्टीमा भएको फुट, विभाजन, आरोप, प्रत्यारोपले पार्टी कमजोर हुन पुगे, दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीहरु बने । सबै पार्टीहरु कमजोर बने, आ–आफ्ना झुण्ड बनाई आफुलाई अनुकुल हुने गरि, अर्कोभन्दा फरक देखिने गरि, क्रान्तिकारी देखिने गरि, नीति, विचार, सिद्धान्त, संगठन बनाउन थाले । तर पनि कमरेड पुष्पलाल एकीकृत पार्टी निर्माणमा लागीरहनु भयो, आफ्नो बिचारमा दृढ रहनु भयो । निरंकुश पंचायतको अन्त्यको लागि पंचायत इतरशक्ति एक भएर आन्दोलन गर्नुपर्छ, संयुक्त आन्दोलनबाट मात्रै पंचायतको अन्त्य हुन्छ, काँग्रेस र कम्युनिष्ट मिलेर पंचायत अन्त्य गर्न सकिन्छ भन्ने विचार दृढतापूर्वक उठाई रहनुभयो । उहाँको मृत्यु भएको ११ वर्षपछि उहाँका सच्चा चेला मदन भण्डारीको अगुवाईमा सवै वामपन्थीहरुको कार्यगत एकता गरि बाममोर्चा गठन भयो त्यसपछि काँगे्रससंग संयुक्त आन्दोलनको कार्यगत एकता भयो । ततःपश्चात २०४६ साल चैत २७ गते पंचायतको अन्त्य र प्रजातन्त्रको स्थापना भएको थियो । कमरेड पुष्पलाल एक दुरदर्शी राजनेता हुनुहुन्थ्यो । कमरेड पुष्पलालले देखेको सपना, लिएको विचारले नेपालमा प्रजातन्त्र स्थापना भयो । राष्ट्रले निकास पायो, बिकासको सम्भावनाको ढोका खुल्यो ।

४. नौलो जनवाद र जनताको वहुदलीय जनवाद बारे ः कमरेड पुष्पलालले पार्टी स्थापनादेखि नै नेपाली समाज अर्धसामन्ती र अर्घ औपनिवेशिक रहेको छ । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा श्रमजीवि वर्गको नेतृत्वदायी संगठन कम्युनिष्ट पार्टीले नौलो जनवादी क्रान्ति गर्नुपर्छ भन्ने मान्यता अगाडी सार्नुभयो । नौलो जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति नै हो तर यसका नेतृत्व कम्युनिष्ट पार्टीले गर्ने हुदाँ यसलाई नौलो जनवादी क्रान्ति भनियो । नयाँ जनवाद हुदै समाजवादबाट साम्यबादमा पुग्ने लक्ष्य लिएको कम्युनिष्ट विचार क.पुष्पलालले स्थापित गर्नुभयो । नेपालको भूगोल, जाति, जनजातिको बसोवास, धर्म, संस्कृती, संस्कार, भूपरिवेष्ठिक भूगोल, बिशाल देशहरुको विचमा रहेको सानो मुलुक आदि विषयमा ध्यान दिदै नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । राजतन्त्रात्मक, एकात्मक मूलुकबाट संघिय गणतन्त्रात्मक मूलुक निमार्णको आधारलाई सविस्तार व्याख्या गर्नुभएको थियो । नेपाली समाजको चरित्रको गहिरो, सुक्ष्म, गहन र बैज्ञानिक ढंगले व्याख्या गर्ने नेपालको पहिलो विध्वान व्यक्ति पुष्पलाल नै हुनुहुन्थ्यो । उहाँको निधन पश्चात विश्व कम्युनिष्ट आन्दोलनमा लागेको धक्का, कमजोर बनेको कम्युनिष्ट आन्दोलन, नयाँ शिराबाट आन्दोलनलाई परिमार्जित र बिकसित गर्नुपर्ने भयो । साम्राज्यवादी, विस्तारवादीहरुका दमन र अफवाहहरुलाई चिर्नुपर्ने भयो । कम्युनिष्ट आन्दोलनका हस्ती भनाउदा पार्टी र नेताहरुको पलायनबाट आन्दोलनलाई बचाउदै अगाडी बढाउनु पर्ने परिवेश सिर्जना भयो । यस्तो अवस्थामा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै, कम्युनिष्ट आन्दोलनका कमि कमजोरीहरुलाई सच्याउदै, समय सापेक्ष आन्दोलनको विकास गनुृपर्ने अवस्था सिर्जना भयो । यस्तो कठिन परिस्थितिमा जननेता कमरेड मदन भण्डारीले नौलो जनवादमा केही थप विशेषता सहित जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्नुभयो । रुप र स्वरुप अनुसारको क्रान्ति र सिद्धान्तको नाम प्रतिपादन गर्नुभयो । विश्व कम्युनिष्ट आन्दोलनलाई धरायसी पलायन र रक्षात्मक अवस्थाबाट समृद्ध र आक्रमक कार्यक्रम विकशित गर्नुभयो । जसले गर्दा हामी नेपालको सगरमाथामा हसिया हथौडा अंकित लाल झण्डा फहराइरहेको छ । अरु विश्वको भन्दा फरक र नमूना क्रान्ति सम्पन्न गरि जनताको मतद्धारा २/३ सहतिको कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार संचालन गरिरहेका छौँ । अव हामीले यसमा देखापरेका संक्रमणकालिन समस्याको समाधान गर्दै क.पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा अगाडी बढदै उहाहरुँले परिकल्पना गरेको राष्ट्र र समाज निमार्ण गर्नुपर्ने देखिएको छ ।

अन्त्यमा ः कमरेड पुष्पलाल जनाताको मुक्तिका लागि जिवन पर्यन्त लाग्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई यान्त्रिक वा जडशुत्रबादबाट मुक्त गर्दै मौलिक चिन्तनको विकास गर्नुभयो । सामन्तवादलाई पंचायत मार्फत अड्याउने कार्य भएकोले त्यसको अन्त्यको लागि संयुक्त जनआन्दोलनमा जोड दिनुभयो । उहाँले परिकल्पना गरे अनुरुप पंचायतको अन्त्य भई सामन्तवाद कमजोर हुन पुग्यो । उहाँले समय सापेक्ष सहि विचार, नीति, कार्यक्रम ल्याउनु भएता पनि शसक्त संगठन नहुदाँ कार्यन्वयन हुन कठिन भएको थियो । उहाँको निधनको ११ बर्षपछि आन्दोलन सफल भई कम्युनिष्ट पार्टीहरु एकीकृत हुने प्रकृया अगाडी बढदै गएर हाल देशमा शक्तिशाली कम्युनिष्ट पार्टीको निमार्ण भएको छ । बहुमत कम्युनिष्ट पार्टीको पक्षमा रहेको छ । यहि जनमत र राज्य संचालनका अंगहरुको सहयोग र आधारमा जनता, समाज, नागरिकहरुका अधिकार स्थापित गरेर प्राप्त उपलब्धीको रक्षा गर्दै पुष्पलालले देखाउनु भएको बाटोबाट जनताको साथमा समाजवाद उन्मुख संविधान मार्फत जनतालाई अधिकार सम्पन्न बनाएर समृद्ध नेपाल निमार्ण गर्नु नै पुष्पलालप्रतिको सच्चा श्रद्धा हुनेछ ।

(लेखक भिम कार्की नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुनुहुन्छ )

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter