वैशाख-३, पोखरा/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटिका अध्यक्ष दिपक पौडेलले आफुँ माथि लागेको आर्थिक हिनामिनाको आरोप गलत भएको दाबि गरेका छन् । बुधबार विज्ञप्ति जारि गर्दै पौडेलले आफुँ माथि लागेको उक्त आरोप आफ्नो जीवनभरको पार्टीप्रतिको निष्ठा र समर्पणलाई विषयान्तर गर्ने कुत्सित दुराशयले, चरित्रमा दाग लगाउने दिवास्वप्न देखेर कपोल्कल्पित भ्रामक समाचार प्रकाशित गरेको भन्दै छानबिन र कारबाहीको माग गरेका छन् । मंगलबार अनलाइन केन्द्र डट कममा पोखराका नेता पौडेलमाथी तिन लाख पचास हजार हिनामिना गरेको आरोप शिर्षकमा समाचार प्रकाशित भएको थियो । पौडेलमाथि निर्वाचनको लागी कार्यकर्ता र शुभचिन्तकसगँ उठाएको रु 3 लाख ५० हजार भन्दा वढी पैसा पनि हिना विना गरेका आरोप लागेको छ । विज्ञप्ति मार्फत उनले घटनाको वस्तुनिष्ठ छानबिन गरी आवश्यक कानुनी कारवाहीको लागि माग गरेका छन् । यस्तो छ ऊनको विज्ञप्ति:

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter