कास्की माघ १८ / मिति २०७४।०९।२५ गते देखि पोखराका बिन्दु थापा, कालु गुरुङ , बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट मनोज पुन समुहको ब्यक्ति हुँ भनि धाक धम्कि दिई फिरौति मागेको भनि मौखिक रुपमा सुचना प्राप्त भए पश्चात तत्काल यस अनुसन्धान गर्नेको लागी अनुसन्धान टोली खटिई सुक्ष्म रुपले गहन अनुसन्धान गर्दै जादां मिति २०७४।१०।१५ गते माथी उल्लेखित ब्यक्तिहरु मध्ये बिन्दु थापालाई तिन (३) दिनको अल्टिमेटम दिई धम्किपुर्ण म्यासेज आएको र सो नंम्बरको बारेमा CIB सग समन्बय गरी CDR झिकाई अनुसन्धान गर्दै जादा जिल्ला स्याङजामा लोकेसन रहेकोमा यस कार्यालयबाट टोली खटि गई शिब कार्कीलाई पक्राउ गरी अनुसन्धानको लागी यस कार्यालयमा ल्याएको । निज ब्यक्तिले भेटाएको सिम अमृत खड्कालाई दिएको भन्ने खुल्न आएको र निज अमृत खड्काको डेरा पहिचान गरी डेरा खानतलासि गर्दा उक्त डेरामा रामु सुवेदी रहेको र निजलाई शंका लागी सोधपुछ गर्दै जादाँ सो सिम मिति २०७४।१०।१५ गते निज रामु सुबेदी र अमृत खड्का पोखराको शान्तिबन बाटिकामा गई सो म्यासेज पठाएको । केही समय पश्चात कोठामा खाना खान अमृत खड्का आउदै छन् भन्ने सुचनाको आधारमा अमृत खड्कालाई डेरामा आउन साथ पक्राउ गरी यस कार्यालयमा ल्याई दुबै शंकित ब्यक्तिलाई थप अनुसन्धान गर्दै जादा यो घटनाको सम्पुर्ण योजनाकार शंकर भन्ने नर बहादुर गुरुङ रहेको र निजलाई उक्त डेरामा आई निस्केको अबस्थामा फलोअफ गरी पोखरालेखनाथ म.न.पा.बडा नं १५ रामबजार स्थित भारतिय पेन्सेन क्याम्प नजिकबाट पक्राउ गरीएको ।
अनुसन्धान पछि खुलेका तथ्यहरु
1) भारतमा गई भारतिय नंम्बरबाट मनोज पुनको नामलिई फोन गर्ने ब्यक्ति मनोज पुन नभई रामु सुबेदी भनि खुलेको ।
2) पोखरा ६ जरेवर स्थित रहेको डेरा अमृत खड्काको नभई शंकर भन्ने नर बहादुर गुरुङले नै फ्याट भाडामा लिई अमृत खड्का र रामु सुवेदी लाई राखेको ।
3) नेपालबाट मनोज पुन समुहको ब्यक्ति हु भनि धम्काई फिरौति माग्ने ब्यक्ति अमृत खड्का रहेको ।
4) अमृत खड्कालाई सोधपुछ पश्चात खानतलासी गर्दा निजको साथबाट धम्कि दिई फिरौती माग गर्नको लागी प्रयोग भएको सिम-२ थान सहितको मोबाईल बरामद गरिएको ।
5) शंकर गुरुङको योजनामा केही आर्थिक प्रलोभनमा परी यि सम्पुर्ण कार्यहरु गरेको भनि अमृत खड्का र रामु सुवेदीले स्बिकारेको ।
6) निज शंकर गुरुङसग बुझ्दा आफुले धेरै ब्यक्तिहरुलाई पैसा दिन रहेको र आफ्नो ब्यबहार बिग्रेर आर्थिक लाभ हुन्छ भनि सो कार्य गरेको ।
7) बोधराज कार्कीलाई धम्काई फिरौति माग्ने योजना बनाएकोमा मोबाईल नं गलत हुनाले बोधराज गिरीलाई गएको ।

निम्न :-
1) जिल्ला स्याङजा पु.ब.न.पा. वडा नं ६ टक्सार घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नं ६ जरेबर बस्ने बर्ष ३५ को नल बहादुर गुरुङ (योजनाकार)
2) जिल्ला स्याङजा फेदीखोला गाउँपालिका वडा नं ४ घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नं ६ जरेबर बस्ने बर्ष २६ को अमृत खड्का (नेपालबाट मनोज पुन समुहको ब्यक्ति हु भनि फिरौती मागि धम्काउने )
3) जिल्ला पर्वत कुश्मा न.पा.बडा नं १० घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ नगर पालिका बडा नं ६ जरेबर बस्ने बर्ष २७ को रामु सुबेदी ( भारत गई भारतिय नम्बरबाट मनोज पुन हु भनि धम्काउने )
4) जिल्ला स्याङजा फेदीखोला गाउँपालिका बस्ने बर्ष २३ को शिव कार्की sms मार्फत धम्काउनको लागी ९८६५१६५५१२ को सिम दिने ब्यक्ति
पत्रकार त्रिभुवन पौडेलको फेसबुक वाल बाट 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter