१८ माघ, काठमाडौ । हालै स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डीभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेसँगै यसको सबैभन्दा ठूलो असर नेपालीलाई पर्ने भएको छ ।

यस्तै डीभी परेर अमेरिकी नागरिक बनिसकेका आप्रवासीहरुले आफ्नो परिवारको सदस्यलाई प्रायोजन गरेर अमेरिका लैजाने नीतिलाई पनि कडाई गर्ने बताएका छन् । अब श्रीमान/श्रीमती वा नाबालकलाई मात्र स्पोन्सर गरेर अमेरिका लैजान पाइने छ ।

यतिबेला सन् २०१९ को डीभी भिसा आवेदन गरी हजारौं नेपालीहरु नतिजाको पखाईमा छन् । ट्रम्प प्रशासनले अमेरिकी कंग्रेसमा डीभी चिठ्ठा प्रणाली बन्द गर्ने विधेयक पेस गरिसकेको छ । यो विधेयक पारित भएमा अब डीभी भिसा आवेदन सधैंका लागि बन्द हुनेछ ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter