माघ १९/पोखरा – प्रतिभा भएका कतिपय कलाकारहरु उचित स्थान नपाएर विदेश भौतारिरहेका छन् त कति डिप्रेशनको शिकार भईरहेका छन् । कला क्षेत्रमा अगाडी भए पनि स्थान नपाएर सेलाएका कलाकार हरुलाई हौसला तथा प्रस्फुटन गर्न न राज्यका निकाय हरुले केहि गरेको पाईन्छ न त कला क्षेत्रमा रहेका कुनै संघ संस्था हरुले । कतिपय कलाकारहरु यही चपेटामा परेका कारण अफ्फ्नो गायन क्षेत्रलाई नै छोडेको पाइन्छ । मेला महोत्सव जस्तो सिजनमा आफ्नो प्रस्तुती दिने र अन्य बेलामा हराउने कलाकारहरुको राम्रै संख्या पाइएको छ ।

तर कलाकार अदिति शर्मा अहिले फुर्सदको समयमा फेसबुक मार्फत गायन क्षेत्रलाई अगाडी बढाउदै गएकी छिन् । गण्डकी तारा २०७२ को उपाधि जित्न सफल अदिति सानै उमेर बाट गायन क्षेत्रमा अगाडी थिइन् । गण्डकी ताराको उपाधि जितेपछि उनलाई गायन क्षेत्रमा अगाडी बढ्न झनै हौसला मिलेको छ , मेला महोत्सव तथा विविन्न कार्यक्रमहरुमा प्रस्तुती दिने र फुर्सदको समयमा आफ्नो गायन कलालाई अभ्यासका साथै आफ्ना श्रोताहरुलाई मनोरन्जन प्रदान गर्ने उदेश्यले आफ्नो फेसबुक फ्यान पेज तथा प्रोफाइल मार्फत लाइभ आउने गरेको शर्मा बताउछिन् । गीति एल्बमहरु सार्वजनिक गरेर भन्दा पनि म्युजिक भिडियोहरु सार्वजनिक गरेर युट्युब फेसबुक लगायत सामाजिक सञ्जालमा राख्दा धेरै श्रोताहरु माझ पुग्नेमा विश्वस्त रहेको शर्मा बताउछिन् ।

तल हेर्नुहोस् गायिका अदिति शर्माका विभिन्न फेसबुक लाइभका भिडियोहरु :
हेर्नलाई  क्लिक गर्नुहोस्

 

 

 

 

 

यस्तै अन्य भिडियो हेर्नका लागि गायिका शर्माको फेसबुक पेज र युट्युब च्यानलमा जोडीनुहोला

https://www.facebook.com/singeraditisharma/

https://www.youtube.com/c/singeraditisharma

 

 

 

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter