क्लासिकटेकले नयाँ इन्टरनेट अफर बजारमा ल्याएको छ । क्लासिकटेकले ‘सित्तैममा’ अफर बजारमा ल्याएको हो ।
सित्तैमा’ अफर अन्तर्गत क्लास्सिकटेकले वार्षिक ग्राहकलाई जडान खर्च, वाइफ़ाइ राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ ।

१२ एमबीपीएस इन्टरनेटप्रति महिना ७७७ रुपैयाँमा, १८ एमबीपीएस ९९९ रुपैयाँमा, ३० एमबीपीएस १,०९९ रुपैयाँमा र ६० एमबीपीएस १,१९९ रुपैयाँमा प्रतिमहिनाको दरले उपलब्ध गराउने भएको छ ।

यो नेपालकै सस्तो र गुणस्तरीय सेवा भएको कम्पनीको दावी छ । साथै आफ्ना आफन्त र साथीभाइलार्इ यस सेवाको रिफर गराएमा दुवैले एक-एक महिनाको सित्तैमा इन्टरनेट सेवा पाउने अफर पनि ल्याएको छ ।

क्लासिटेकले बिगत ८ वर्षदेखि इन्टरनेट तथा इनट्रानेट र अर्इसीटी सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

इन्टरनेट प्रदायक कम्पनी क्लासिकटेकले नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । हाल १८ स्थानमा आफ्ना शाखा स्थापना गरिसकेको यस कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ७५० भन्दा बढी कर्मचारी आबद्ध छन भने ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

विश्वकै उत्कृष्ट जि. पोन प्रबिधिमा आधारित फाइबर टू द होम सेवाको माध्यमबाट इन्टरनेट सेवा नेपालका मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter