एजेन्सी – पिरो खुर्सानी धेरै खाएर ‘खुर्सानीको राजा’ बन्ने अनौठो प्रचलन रहेको छ । चीनमा प्रत्येक वर्ष मनाइने ‘खुर्सानी महोत्सव’मा अत्यन्तै पिरो मानिने रातो खुर्सानी छोटो समयमा धेरै खाएर एक युवा ‘खुर्सानीको राजा’ अर्थात चिल्लि किंग बनेका छन् । चीनको हुनान प्रान्तस्थित निंगसियांग शहरमा आयोजित महोत्सवमा सु नाम गरेका ती युवकले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएर पहिलो भएपछि उनी ‘खुसार्नीको राजा’ बनेका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’का अनुसार यस स्पर्धामा सहभागी प्रत्येक प्रतियोगीले अत्यन्तै पिरो मानिने तथा चीनमा ‘खुर्सानीको राजा’ नामले चिनिने बिशेष प्रकारको खुर्सानी जनिसक्दो धेरै खानु पर्ने हुन्छ, त्यो पनि पानी र खुर्सानी मिसाएर हालिएको ठूलो भाँडोभित्र बसेर ।

उक्त प्रतियोगीतामा अत्यन्तै पिरो पानीमा बसेर खुर्सानी खानुपर्ने भएकोले प्रतियोगीहरुको पेटभित्रमात्र नभई शरीरका बाहिरी संवेदनशील अंगहरु आँखा, कान लगायत गुप्तांगहरुमा समेत खुर्सानीको पिरोले पोल्ने गर्दछ । अत्यन्तै कठिन मानिने यो स्पर्धामा सहभागी हुन चाहने मानिसको संख्या भने बढ्दो रहेको बताइन्छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter