राजनीतिक क्रान्ति सम्पन्न गर्न थोरै मानिसहरु संगठित भए पनि सम्भव हुन्छ, तर आर्थिक क्रान्ति सम्पन्न गर्नको लागि समाजका सवै शक्ति लाग्नुपर्दछ ।

 

लेखक : भिम कार्की 
लेखक : भिम कार्की 

अहिलेसम्म हामीले सबै क्षेत्रको अधिकारको प्राप्तीको लडाईलाई करिब संस्थागत गर्न सफल भएका छौ । अब यि आधिकारहरुलाई सस्थागत गरि व्यवहारमा उतार्न वाँकी छ । दैनिक जिवनमा लागू गर्न बाँकी छ । भौतिक विकास, आर्थिक समृद्धिको काम, आर्थिक उपार्जनको काम, रोजगारिका अवसरहरु सिर्जना गर्ने कामहरु गर्नुपर्नेछ र त्यसको लागि उचित वातावरण सिर्जना गर्ने र सबैलाई विकासको, निर्माणको मूलधारमा हिडाउने अहिलेको मुख्य काम बनेको छ । यस काममा जव हामीले सफलता प्राप्त गर्दछौं, तव मात्र समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पर्न सक्षम हुनेछौ र समाजवाद निर्माणको आधार तयार पारि सोहि बाटोमा अगाडी बढ्नेछौ ।

नेपाली जनताको ६५ वर्षदेखिको आफ्नो संबिधान आफै निर्माण गर्ने चाहना पूरा भएको छ । २०७२ सालमा निर्माण भएको नेपालको अग्रगामी समाजवाद उन्मुख संविधानलाई लागू गर्ने, जनताका अधिकारलाई संस्थागत गर्ने, राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सक्षम र सुखी बनाउने काममा अव ढिलो नगरी योजना निर्माण गर्नुपर्दछ । अब भौतिक निर्माणको कामलाई दिन दुइगुना र रात चौगुना हुनेगरि काम गर्नुपर्ने वेला आएको छ । संविधान कार्यन्वयनको लागि गर्नुपर्ने निर्वाचन सम्पन्न भएका छन । सिंहदरवारको अधिकार गाउँमा ल्याउने र जनतालाई सेवा हात हातमा दिने उद्घोषका साथ स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र केन्द्र तहको निर्वाचन समेत सम्पन्न गरेका छौं । भरखरै जनप्रतिनिधिका पनि जनप्रतिनिधिहरु (राष्ट्रिय सभाको) समेत निर्वाचन सम्पन्न गरि केन्द्रीय सरकार निर्माणमा पूर्णता पाएको छ ।  प्रदेश सरकार समेत गठन गरेर हामी काममा अगाडी बढी सकेका छौं । अव फाल्गुन २९ गते राष्ट्रपति र त्यसको केहि समयपछि उपराष्ट्रपति समेतको निर्वाचन सम्पन्न गरेर यस पटकका निर्वाचनहरु पूरा हुनेछन । अनी सिङ्गो मुलुक संविधान कार्यन्वयनका लागि, समृद नेपाल निर्माणको लागि,  विधि विधान निर्माण गर्ने, सोहि अनुसारका नीति नियम र नियमावली वनाउने, बदलिदो समाज अनुसारको काम, समयसापेक्ष भौतिक संरचना निर्माण गर्ने र सोहि अनुसारको काम गर्ने योजना बनाउनु पर्नेछ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको १० महिना पुगेको छ ।  केन्द्रीय सरकारले पठाई दिएको अन्तरिम विधि कानुनका आधारमा केहि दैनिकी काम बाहेक स्थानीय तहले खासै रुपमा आफ्ना विधि कानुनहरु निर्माण गर्न सकेका छैनन् र आफ्नो तह अनुकुलको वजेट निर्माण गर्न सकेका छैन । अहिलेसम्म हेर्दा दैनिक कार्य संचालन गर्ने र सेमिनार, सभा , गोष्ठी, उद्घाटन, सम्मान ग्रहणजस्ता कार्य वाहेक जनताले स्थानीय सरकारको अनुभूति गर्नेगरि काम भएका छैनन् ।

त्यसैले अव ठोश रुपमा जनतालाई सिंहदरवारको अधिकार स्थानीय तहमा नै लिन सक्ने गरि कानुन, विधि, विधान, नियमावली बनाएर लागु गर्नुपर्नेछ । सोही अनुरुपको वजेट तर्जुमा गरि जनताको आवश्यकताहरुको परिपूर्ति स्थानीय तहबाटै दिनसक्ने बनाउनुपर्नेछ । अन्यथा जनताले परिवर्तनको अनुभूति गर्ने अवस्था आउने छैन । अहिलेसम्म त निर्वाचनका कारण काम गर्न सकिएन भन्ने एउटा बहाना बनाउन पाइएको थियो, अव त्यो पनि सकिएको छ । अवको छ महिना भित्रै देखिने र अनुभूति हुने गरि कामलाई अगाडी बढाउन पर्ने स्थानीय तहलाई चुनौती देखिएको छ ।

हामीले भरखरै प्रदेश सभाको र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरि केन्द्रीय र प्रदेश सरकार गठन गर्न सफल भएका छौ । केन्द्रीय सरकारको हामीले अभ्यास गरेका छौ, अनुभूति गरेका छौ, तापनि नयाँ परिवेशमा त्यसलाई कसरी संचालन गर्ने, त्यसका विधि, नियम, कानून निर्माण गरि संविधानमा प्रदस्त अधिकारहरुलाई संस्थागत गर्नुपर्नेछ । राष्ट्रलाई समृद्ध बनाउने र जनतालाई अधिकार सम्पन्न बनाएर आर्थिक उन्नती गरि खुसी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने कामलाई सबैले अनुभूति गर्नेगरि  सम्पन्न गर्नुपर्ने छ । नयाँ सोच, नयाँ चिन्तन, नयाँ योजना, नयाँ कार्यशैली, नयाँ दृष्टिकोणका साथ अगाडी बढ्न सकेनौ भने हामी फेरी उही नयाँ बोतलका पुरानो रक्सी हुनेछौ र जनताको ठुलो आशा, भरोषा र खुसी निराशमा परिणत हुने छ । त्यसो हुन नदिनका लागि हामी सवै सचेत रहन जरुरी छ ।

नयाँ अभ्यासको रुपमा हामीलाई प्रदेश सरकार निर्माण गर्ने र संचालन गर्ने जिम्मेवारी प्राप्त भएको छ । प्रदेश सरकार संचालनको लागि धेरै विषयहरु नयाँ निर्माण गर्नुपर्नेछ । विधि, कानून, नियम, विनियमहरु बनाउन पर्नेछ । भौतिक संरचनाहरुको निर्माण गर्नुपर्नेछ । वजेट निर्माण गरि जनताको सेवा सुविधा, आर्थिक उन्नती प्रगति, भौतिक संरचना निर्माण, विकास निर्माण आदि कामलाई व्यवस्थित बनाउन पर्नेछ । केन्द्र र स्थानीय तहसंग आवश्यक तालमेल गरि सवै तह र कामलाई संगसंगै अगाडी बढाउने गरि कामका योजना बनाउनु पर्नेछ । नयाँ सरकारका नयाँ विधिहरुको निर्माण गर्नुपर्नेछ । यि काम गर्नको लागि हामी सवै रातदिन नभनी, भोली नभनी निरन्तर रुपमा अगाडी बढ्नुपर्ने छ । अहिले मुख्य काम नबिग्रने गरि मान सम्मान ग्रहण गर्दै काममा जुटिहाल्नु पर्नेछ । उदघाटन, भेला, समारोह भन्दा निति निर्माण गर्न बिज्ञ समुहहरुसंग छलफलमा जुट्नुपर्ने छ । नयाँ योजना निर्माण गर्ने योजनाविद्हरुसंग बसेर योजना छनोट गर्नुपर्ने छ र जनमैत्री विकासका योजना निर्माण गर्नुपर्ने छ । अर्थ्विद्हरुको छलफलबाट आर्थिक योजनाहरु निर्माण गर्नुपर्ने छ । विकासका तहगत योजना बनाएर हाम्रो प्रदेशलाई सवैभन्दा छिटो उन्नत समृद्ध प्रदेश निर्माण गर्नुपर्नेछ । विकासका कामलाई सवै भूगोलमा समानुपातिक ढंगले पुर्याउदै सवै क्षेत्रका जनतालाई नयाँ प्रदेश सरकारको अनुभूति गराउनु पर्नेछ ।

विपन्न, आर्थिक रुपमा कमजोर समुदाय र भूगोललाई पनि संगसंगै अगाडी बढाउनु पर्ने छ । हाम्रो प्रदेशमा भएका श्रोत साधनहरुको समुचित उपयोग र प्रयोग गरेर उन्नत र समृद्ध समाज निर्माणमा हाम्रो ध्यान पुर्याउन पर्ने छ । विपन्न, सिमान्तकृत, पिछडिएको भूगोलमा बस्नेहरुलाई पनि राज्य हाम्रो हो, राज्यले हामीलाई सहयोग गर्छ । हाम्रा नेता, हाम्रा जनप्रतिनिधि, हाम्रा सरकारका मुख्यमन्त्री र मन्त्रीहरु हाम्रा आफ्नै अभिभावक हुन हामीले उहाहरुलाई भेट्न, कुरा गर्न, समस्या बताउन पाउछौं र सक्छौ भन्ने विश्वास दिलाउनु पर्ने बेला पनि हो ।

माथी उल्लेखित काम गर्नको लागि हामि सबैजना दिनरात नभनी  खट्नुपर्ने छ । जनताले निर्वाचित गरेर पठाएका धेरै जनप्रतिनिधि हुनुहुन्छ, उहाँहरु सबैको आ–आफ्नो भूमिका छन् । सबैले सबै ठाउमा आ–आफ्ना भूमिका निर्वाह गर्नुपर्नेछ । अव मान सम्मान, अविर, खादा, भोज, भतेर, उद्घाटन, शिलान्यास, जस्ता काममा हाम्रा जनप्रतिनिधिहरुलाई नअल्मलाई, उहाहरुलाई काममा सहयोग गरौ । कुन स्तरको कार्यक्रममा कुन स्तरको जनप्रतिनिधि, सामाजिक व्यक्तित्व उपस्थित गराउने सो बारेमा सोचौ । हामीले निति, नियम बनाउनु छ, विधि विधान बनाउनु छ, विकासका खाका कोर्नु छ, आर्थिक श्रोतको पहिचान गर्नु छ, उधोग धन्दाको विकास गर्नु छ, रोजगारीका अवसरको सिर्जना गर्नुछ, दिगो विकास र शान्ति स्थापना गर्नु छ । सामाजिक सद्भाव कायम गर्नु छ, समग्र क्षेत्रको अध्यायन, अनुसन्धान गरि सोहि अनुरुपको योजना, निति निर्माण गर्नुपर्नेछ, त्यसैले हाम्रा मुख्य जनप्रतिनिधि ज्यूहरुलाई अति आवश्यक काममा लाग्ने वातावरण सिर्जना गरौ । सानातिना काम अरु तहका जनप्रतिनिधि वा सामाजिक व्यक्तित्वहरुबाट गराऔ, समृद्ध नेपाल बनाउन, आर्थिक उन्नती र प्रगति गर्न, जनताको सेवा र विकास हात हातमा दिन सवैले सवैलाई सहयोग गरौ । अनिमात्र हामीले भने जस्तो समाज निर्माण गर्न सक्छौं, हामीले भने जस्तो विकास गर्न सक्छौ, हामीले भने जस्तो सामाजिक सदभाव कायम गर्न सक्छौ, जनतालाई सुखी र खुसी बनाउन सक्छौ, राष्ट्रलाई उन्नति र प्रगतिपथमा अगाडी बढाउन सक्छौं ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter