वैशाख २१, काठमाडौं । उपभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । उनीहरुले सडकमा अलपत्र परेका यात्रुलाई लिफ्ट दिएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन अपील गरेका छन् ।

तस्विर अमृत अधिकारी

यातायात उपभोक्तावादी रामबहादुर थापा सार्वजनिक सवारी रोकिँदा यात्रु मारमा परेको बताउँछन् । निजी सवारी नरोकिएकाले आज देशभर निजी गाडीहरुलाई ‘लिफ्ट’ दिन अपील गरे ।

सिन्डिकेटका पक्षमा रहेका यातायात व्यावसायीले देशभर आज सार्वजनिक सवारी ठप्प परेका छन् । यसले धेरै यात्रुलाई सास्ती भएको छ । गन्तब्यमा हिँडेका यात्रुले सवारी साधन पाइरहेका छैनन् । तर, निजी सवारी साधन सहज ढंगले चलिरहेका छन् ।

त्यसैले आज सार्वजनिक सवारी कुरिरहेका यात्रुलाई निजी सवारी चालकहरुले पनि सहयोग गर्न सक्ने अवस्था छ ।

सामाजिक उत्तरदायित्व

यातायात व्यवस्था विभाग पनि भाडा नउठाइ निजी सवारीले सेवाका रुपमा लिफ्ट दिन कानुनले नरोक्ने बताउँछ । प्राइभेट सवारीले मानवीयताका आधारमा सेवा दिए त्यसले नागरिकको सास्ती कम हुने विश्वास विभागको पनि छ ।

तर, सार्वजनिक रुपमा विभागले यस्तो अपील भने गरेको छैन ।

उपभोक्ताकर्मीले भने यो पटक सिन्डिकेटविरुद्धको लडाइँ वारपार हुनुपर्ने भन्दै सिन्डिकेटको पक्षमा रहेका व्यवसायीलाई घुँडा टेकाउन निजी सवारी धनीले भूमिका खेल्न सक्ने बताएका छन् ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जन निजी सवारी साधनले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउँछन् ।

‘आफू जाने गन्तब्यसम्म सवारी अटाउने यात्रु राखेर लैजाँदा त्यसले उपभोक्ताको सास्ती कम हुन्छ । सामाजिक सेवालाई पनि त्यसले झल्काउँछ,’ महर्जनले अनलाइनखबरसँग भने, ‘कानुन मान्दिनँ भनेर सेवा रोक्ने व्यावसायीलाई गलाउन पनि यसले भूमिका खेल्छ । नागरिकबीचको एकताले नै सिन्डिकेटको अन्त्य हुनसक्छ ।’

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter