वैशाख २३, काठमाडौं । नेपाल तरुण दलले सिण्डिकेटको पक्षमा हड्ताल गर्ने यातायात व्यवसायीलाई रिहा गर्न सरकारसँग माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गरी तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले व्यवसायीहरुले आफ्नो माग शान्तिपूर्ण रुपमा अगाडि बढाउँदा सरकारले गिरफ्तार गरेको भन्दै तत्काल यातायात व्यवसायीलाई रिहा गर्न माग गरेको छ ।

आफ्ना मागहरुलाई शान्तिपूर्ण माध्यमबाट अगाडि बढाउने क्रममा सरकारद्वारा गिरफ्तार गरिएका यातायात व्यवसायीहरुलाई तत्काल रिहा गर्न पनि नेपाल तरुण दल वर्तमान सरकारसँग जोडदार माग गर्दछ’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ।

तरुण दलले यातायात क्षेत्रमा देखिएको समस्या वार्ता मार्फत चाँडै समाधान गर्न पनि माग गरेको छ । उसले सबैलाई आफ्नो अधिकार रक्षाको अनुभूति दिँदै कुनै पनि बाहनाको हठ प्रवृत्ति त्यागी राज्यको तहबाट गर्ने सबै प्रयासहरु गर्न सरकारलाई आग्रह पनि गरेको छ ।

 

यो पनि पढ्नुहोस्

कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे, पक्राउ गर्न अध्यक्ष साइको चुनाैती

पोखरमा गाडी नचलाउने व्यावसायी विरुद्ध मुद्दा चलाउने तयारी हुँदै छ : प्रजिअ

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter