धनगढी,२३ बैशाख/ बझाङमा खोलाले जीप बगाएको तीन दिन नहुँदै फेरि घटना भएको छ । खहरे खोलामा अाएको बाढीले बगाउँदा ५ जना स्थानीयको मृत्यु भएको छ ।

जिल्लाको थलारा गाँउपालिका –४ मा खहरे खोलाले बगाउँदा श्रीमान्-श्रीमतिसहित पाँच जनाको मृत्यु भएको हो । स्थानीय २७ वर्षीय हर्क बिक र उनकी श्रीमती २६ वर्षीया डल्ली बिकको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यसैगरी खोलाले बगाउँदा १२ वर्षीय मनिसा विक र ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी बिकको पनि मृत्यु भएको छ । स्थानीय बजार ढोड्‍यखेतबाट घर फर्कने क्रममा गुह्या खोलाले उनीहरुलाई बगाएको हो ।

प्रहरीका अनुसार शनिबार राति ८ बजे तिर परेको अविरल वर्षाका कारण खहरे खोलामा बाढी अाएको र पाँचै जनाआई खोलाले बगाएको थियो ।

यअघि बुधबार राति ८ बजेतिर खोलामा आएको बाढीले जीप बगाउँदा चालकसहित तीन जनाको मृत्यु भएको थियो । चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीप चालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्दको घटनास्थलमै मृत्यु भएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter