बाग्लुङ, असार १२ । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए ।

घरसँगै गोठ पनि पहिरोले बगाएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बताइएको छ ।

यसैगरी गएराति नै गएको पहिरोले बरेङ गाउँपालिका–२ हुग्दीशिरको ब्राहकोट प्राविलाई क्षतिग्रस्त बनाएको छ ।

यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत गराएको स्थानीयले बताएका छन् ।

यसैबीच भीषण वर्षापछि ठाउँठाउँमा गएको पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध बनेको छ ।

गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter