वर्डप्रेस सम्बन्धि सेमिनार पोखरा सम्पन्न भएको छ । वर्डप्रेस पोखराको आयोजनामा पृथ्वी नारायण क्याम्पस पोखरामा सम्पन्न भएको छ ।

इन्टरनेटको दुनियामा विश्वमा निर्माण हुने वेवसाइटहरुको ३० प्रतिशत भन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइनेएक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशत भन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको उल्लेख छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला समाचारमूलक वेवसाइट, इकमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात छ ।

नेपालमा वर्डप्रेसमा मात्र काम गर्ने आइटि कम्पनिहरु सयौंको संख्यामा रहेको र सयौंको संख्यामा फ्रिल्यान्सरहरु रहेका छन् । नेपालका वर्डप्रेस विकासकर्ताहरुले बनाएका वर्डप्रेस सम्बन्धि विभिन्न उत्पादनहरुले विश्व बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ । 

कार्यक्रममा वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्ध्यार्थीहरुको लागि गराइएको थियो तथा वर्डप्रेससँग काम गरि ख्यातिप्राप्त व्यक्तिहरुले सो कार्यक्रममा तालिम दिएका थिए ।

वर्डप्रेस निशुल्करुपमा पाइने बहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग वर्तमान समयमा दिन दुई गुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ ।

कार्यक्रममा वेव एक्सपर्टका सह संचालक याम बहादुर छेत्री,  पोखरामा चर्चित वेवपेज नेपालका सिइव प्रतेम सेन, वर्डप्रेस फ्रीलेन्सर विवेक चालिसे,  वर्डप्रेस पोखराका सक्रिय सदस्य धुर्ब बहादुर छेत्री तथा विसआइटि अध्यानरत विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो कार्यक्रम  नेरेश्वर ढुंगानाले चलाएका थिए भने कार्यक्रमको सहजीकरण विवेक चालिसेले गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter