असार १६ पोखरा । दोस्रो स्थानीय तह निर्वाचनको मत परिणम आउने क्रम जारी छ । पछिल्लो सार्वजानिक मत परिणाम अनुसार नेकपा एमालेले ५ स्थानीय तहमा विजय हासिल गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेस ४ र नेकपा माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार बाजुराको छेडेदह गाँउपालिका , संखुवासभाको सिलिचोङ गाउँपालिका, संखुवासभाकै चिचिला गाउँपालिकाका ,बझाङको काँडागाउँ गाउँपालिकामा नेपाली काग्रेसका उमेद्वार गाँउपालिका प्रमुखमा विजयी भएको छन।

यस्तै नेकपा एमालेले डडेलधुराको अमरगढी नगरपालिका सहित बाजुराको पाण्डवगुफा गाउँपालिका, बझाङको मस्टा गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा विजयी भएको छ ।
यता सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगले ३ सयभन्दा बढी तहमा मत गणना भइरहेको जनाएको छ । मतगणना भइरहेका स्थानीय तहमा कांग्रेस र एमालेका उम्मेदवारबीच नै तिव्र प्रतिस्पर्धा छ । केहीबेर अगाडीसम्म कांग्रेसले ८२ स्थानमा अग्रता लिएको छ, एमालेको ७९ स्थानमा अग्रता देखिएको छ भने माओवादी केन्द्रको ३२ स्थानमा अग्रता कायम रहेको छ ।
त्यसैगरी संघीय समाजवादी फोरम ५, लोकतान्त्रिक फोरमको ५ स्थान र राप्रपाले ३ स्थानमा अग्रता लिएका छन ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter