असार १९ पोखरा । ३ सय ३४ स्थानीय तह मा भएको दोस्रो चरणको निर्वाचन मा पनि नेकपा एमालेले १ सय बढी स्थानिय तह मा जित दर्ता गरेको छ। एमाले लाई कांग्रेस ले पछ्याइरहेको छ ।
हालसम्म २३८ स्थानको मत परिणाम सार्वजनिक हुँदा सम्म नेकपा एमाले १०४ स्थानीय तहमा विजय हुन सफल भएको छ । पहिला् चरणको चुनावमा एमालेले १ सय २५ स्थानिय तहमा जितेको थियो ।
त्यसैगरी नेपाली कांग्रेसले ९३ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३१ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ५ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले २, राष्ट्रिय जनमोर्चाले २ र आज बिहान झापाको कचनाकवलमा जितेसगै राप्रपाले पनि खाता खोलेको छ । पहिलो चरणको निर्वाचनमा पनि राप्रपाले १ स्थानीय तहमा मात्र जित हात पारेको थियो ।
मत परिणाम आउने क्रम जारी छ ।अब ९६ स्थानिय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter